नेभिगेशन
मुख्य समाचार

प्रहरी प्रशासनकै मिलेमतोमा कालीगण्डकी दोहन

बागलुङ । बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ ।

कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ । स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन् । 

CG

शनिबार राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहोन भइरहको थियो । एउटा स्काभेटरले कालीगण्डकीबाट बालुवा निकाल्दै थियो भने पाँच वटा टिपरले बालुवा बोकेर लैजाँदै थिए ।

 बागलुङको भाटेखोला बगर मात्रै हैन एक दर्जन स्थानबाट अहिले नदीजन्य पदार्थको दोहन गरेर नदी छेउमै भण्डारण गरिएको देख्न सकिन्छ । बर्खाको समयमा उर्लेको कालीगण्डकीले ल्याउने बालुवा अबैद्ध रुपमा सङ्कलन गरी हिउँदभरी उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्दै आइरहेका छन् । नदीजन्य पदार्थ रातिमा सङ्कलन गरिरहेका स्थानीय बताउँछन् । 

अहिले दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र भाटेखोला–१३ नम्बर वडाको कालाखोला बगरलगायत स्थानमा दोहन भइरहेको कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीले बताए । अवैध नदी दोहान भइरहँदा स्थानीय सरकारले कडाइ गर्नु माग गरे ।

म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डकी दोहोनले शालग्राम शिलासमेत सङ्कटमा परिसकेका गिरीले उल्लेख गरे । पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहोन भइरहेको छ भने बागलुङतर्फको सहस्रधारा पारीको भाटेखोला, खनियाघाट र दब्ल्याङ क्षेत्रमा दोहन भइरहेको उनको भनाइ छ । 

असारदेखि भदौ १५ गतेसम्म दोहन गर्न नपाइने कानुनी व्यवस्था भए पनि मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा कालीगण्डकी नदीको दोहन भइरहँदा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकले अर्कालाई दोष दिएर पन्छने गरेका गिरीले बताए ।

नदी दोहन रोक्नका लागि पटकपटक नागरिकस्तरबाट भइरहेका प्रयासलाई सम्बन्धित निकायले बेवास्ता गरेका उनको भनाइ छ । उनका अनुसार प्रहरी प्रशासन र स्थानीय तहको मौनताका कारण दोहनले प्रश्रय पाइरहेको हो ।

“प्रहरी प्रशासनको मिलेमतोबिना दोहन सम्भव छैन, मालढुङ्गामा प्रहरी छ, नजिकै दोहान भइरहेको छ”, गिरीले भने, “गण्डकी सभ्यता जोगाउन कालीगण्डकीलाई दोहनमुक्त बनाएर संरक्षणको सूचीमा राखौँ ।” दोहनलाई प्रश्रय दिँदा कालाखोला बगर कटान भइसकेको छ भने स्थानीय निकायको राजस्व गुमिरहेको छ । 

कालीगण्डकीको बीच भागबाट नदी दोहन भइरहँदासमेत बागलुङ र पर्वत जिल्लाका सरोकार भएका निकायले कुनै चासो नदिएका गिरीले गुनासो गरे । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार नदी तथा खोला किनारबाट ५०० मिटर टाढा मात्रै ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न पाइने व्यवस्था भए पनि नदीको बीच भागबाटै दोहन भइरहेको उनको भनाइ छ । 

गिरीले सभ्यताको सूचक मानिने कालीगण्डकी नदी नासिनु भनेको हाम्रो मानव सभ्यता नासिनु जस्तै हो भन्नुभयो । पारिस्तिथिक प्रणाली खल्बलाउनु र प्राकृतिक सम्पदा नास्ने अधिकार कोही कसैलाई नभएको बताउँदै गिरीले कालीगण्डकी नदी सभ्यता बचाउन सबैले राज्यतहलाई जनदबाब र पैरवी गर्नुको विकल्प नरहेको धारणा राखे । 

नियमविपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घर बाढीको उच्च जोखिममा पर्न थालेका छन् ।
नदीजन्य पदार्थको सुरक्षाका लागि प्रहरी परिचालन भए पनि दोहन रोक्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारती स्वीकार गर्छन् ।  स्थानीय तहले ठेक्का लगाउन नसक्ने, राजस्व गुम्ने डरलगायत कारणले दोहन नरोकिएको बताउँदै उनले नयाँ रणनीति बनाएर नदी दोहन  रोक्ने योजना रहेको बताए । रासस
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनको मौन आँधी

बालेनको मौन आँधी

जे होस्, अहिले चर्चा बालेनकै छ । महानगरबाट राजीनामा दिएको दिन देखि उनी एकदिन पनि क्यामेराको फ्रेम भन्दा बाहिरि छैनन् । राजनीतिमा खासै चासो नभएका नागरिक समेत अहिले...
समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्नेः मन्त्री इङ्नाम

समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्नेः मन्त्री इङ्नाम

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री इङ्नामले केहि सहकारीले गैरकानुनी काम गरेर बचतकर्ता र ऋणिहरुलाई समेत समस्यामा पारेको भन्दै समस्याग्रस्त सहकारीको छिटो...
पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

श्रमिकहरुको पारिश्रमिकका विषयमा नेपाल पत्रकार महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच २०८२।०४।२२ गते भएको सम्झौता कार्यान्वयनका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल महासंघले गर्दा पनि सो सञ्चार...
धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।