नेभिगेशन
मुख्य समाचार

गुठी संस्थानको जग्गा विवादः वकिल समूहद्वारा पत्रकारमाथि आक्रमण, महासचिवको खुट्टा भाँचियो

गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लीजमा लिएको जग्गा कब्जा गर्दै वकिलहरुको समूहले मंगलबार पत्रकारमाथि आक्रमण गरेका छन् ।

आक्रमणमा परी महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर रायसहितका पत्रकार घाइते भएका छन् । घाइतेमध्ये महासचिव क्रान्तिको खुट्टाको पैताला भाँचिएको छ । उनी अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत छन् । क्रान्तिले भने, “हामीले प्रक्रिया पुर्याएर लीजमा लिएको जग्गा वकिलहरुले कब्जा गर्नुभयो। विरोध गर्न पुगेपछि सयौँको संख्यामा रहेका वकिलहरुले आक्रमण गरे । मेरो खुट्टा क्र्याक भएको छ, अहिले ब्यान्डेज गराउँदैछु ।”

CG

अध्यक्ष बन्जारा र पत्रकार दिवाकरको टाउकोमा चोट लागेको छ भने अन्य पत्रकारहरु पनि भागदौडमा चोटपटकका कारण घाइते भएका छन् । आक्रमणको समयमा प्रहरी उपस्थित भए पनि रोकथाम गर्न नसकेको आरोप लागेको छ । महासंघले भूतनाथ महादेवको दक्षिणतर्फ रहेको ४ कठ्ठा जग्गा गुठी संस्थानसँग वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँमा २० वर्षका लागि लीजमा लिएको हो ।

महासचिव क्रान्तिका अनुसार साउन १९ गते महासंघ र गुठी संस्थानबीच सम्झौता भएको हो । तर नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै सो जग्गामा गाडी पार्किङ गर्न कानुन व्यवसायीहरुलाई आग्रह गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...
एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

केन्द्रिय सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय अन्तीम समयसम्म पनि दुबै प्यानल मध्ये कुनै प्यानलमा नअटाउने देखेपछि उनले केन्द्रीय...
बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

सोमबार रास्वपाले वीरगंज महानगरपालिकामा आयोजना गरेको एक कार्यक्रम सहभागी भएका गाउँपालिका अध्यक्ष अन्सारी रास्वपा प्रवेश गरेका हुन । गाउँपालिका अध्यक्ष अन्सारीलाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश...
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री खरेलले भने, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक...

भर्खरै