नेभिगेशन
समाज

गुठी संस्थानको जग्गा विवादः वकिल समूहद्वारा पत्रकारमाथि आक्रमण, महासचिवको खुट्टा भाँचियो

गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लीजमा लिएको जग्गा कब्जा गर्दै वकिलहरुको समूहले मंगलबार पत्रकारमाथि आक्रमण गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आक्रमणमा परी महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर रायसहितका पत्रकार घाइते भएका छन् । घाइतेमध्ये महासचिव क्रान्तिको खुट्टाको पैताला भाँचिएको छ । उनी अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत छन् । क्रान्तिले भने, “हामीले प्रक्रिया पुर्याएर लीजमा लिएको जग्गा वकिलहरुले कब्जा गर्नुभयो। विरोध गर्न पुगेपछि सयौँको संख्यामा रहेका वकिलहरुले आक्रमण गरे । मेरो खुट्टा क्र्याक भएको छ, अहिले ब्यान्डेज गराउँदैछु ।”

Ncell
Extreme Energy

अध्यक्ष बन्जारा र पत्रकार दिवाकरको टाउकोमा चोट लागेको छ भने अन्य पत्रकारहरु पनि भागदौडमा चोटपटकका कारण घाइते भएका छन् । आक्रमणको समयमा प्रहरी उपस्थित भए पनि रोकथाम गर्न नसकेको आरोप लागेको छ । महासंघले भूतनाथ महादेवको दक्षिणतर्फ रहेको ४ कठ्ठा जग्गा गुठी संस्थानसँग वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँमा २० वर्षका लागि लीजमा लिएको हो ।

महासचिव क्रान्तिका अनुसार साउन १९ गते महासंघ र गुठी संस्थानबीच सम्झौता भएको हो । तर नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै सो जग्गामा गाडी पार्किङ गर्न कानुन व्यवसायीहरुलाई आग्रह गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।