नेभिगेशन
समाज

देशभर मनसुन सक्रिय,केही स्थानमा भारी देखि मुसलधारे वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जनाउँदै जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । 

 देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।

महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही  स्थान, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले  वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो० को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई  सतर्कत रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
एमालेलाई माइतीघरमा रोक लगाउन माग गर्दै जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

एमालेलाई माइतीघरमा रोक लगाउन माग गर्दै जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...
आज पनि अशान्त सिमरा, प्रशासनले लगायो कर्फ्यु

आज पनि अशान्त सिमरा, प्रशासनले लगायो कर्फ्यु

बुधबार एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायत मधेश जागरण सभाका लागी आउन लागेको बेला जेन जी यूवाहरुले विरोध जनाउन लाग्दा एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका थिए ।...