नेभिगेशन
समाज

भैरहवा कारागार रविका लागि सुरक्षाका दृष्टिले उपयुक्त छैन्ः राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई राखिएको भैरहवा कारागार सुरक्षाका हिसाबले उपयुक्त नरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भैरहवा कारागारमा पुगेर लामिछानेलाई मंगलबार भेटेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुुन् । उनले गृहमन्त्री रमेश लेखकलाई रविको कारागार स्थानान्तरण नरोक्न पनि आग्रह गरे । लामिछाने गत चैत २५ देखि जिल्ला कारगार भैरहवामा थुनामा छन् ।

Ncell
Extreme Energy

पार्टीको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन भैरहवा आएका लिङ्देनले कारागार पुगेर लामिछानेलाई मंगलबार भेट गरेका थिए । ‘सुविधा र सुरक्षा दुवै दृष्टिकोणले यो कारागार रविजीका लागि उपयुक्त छैन्,’ उनले भने ‘उहाँलाई काठमाडौँ सरुवा गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदछु ।’ 

देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको लिङदेनले बताए। लामिछानेले कारागार सरुवाका लागि दिएको निवेदनमा अदालतले स्थानान्तरण गर्न आदेश दिएको छ तर गृह मन्त्री रमेश लेखकले त्यसलाई टारिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै