नेभिगेशन
समाज

भैरहवा कारागार रविका लागि सुरक्षाका दृष्टिले उपयुक्त छैन्ः राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई राखिएको भैरहवा कारागार सुरक्षाका हिसाबले उपयुक्त नरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भैरहवा कारागारमा पुगेर लामिछानेलाई मंगलबार भेटेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुुन् । उनले गृहमन्त्री रमेश लेखकलाई रविको कारागार स्थानान्तरण नरोक्न पनि आग्रह गरे । लामिछाने गत चैत २५ देखि जिल्ला कारगार भैरहवामा थुनामा छन् ।

Ncell
Extreme Energy

पार्टीको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन भैरहवा आएका लिङ्देनले कारागार पुगेर लामिछानेलाई मंगलबार भेट गरेका थिए । ‘सुविधा र सुरक्षा दुवै दृष्टिकोणले यो कारागार रविजीका लागि उपयुक्त छैन्,’ उनले भने ‘उहाँलाई काठमाडौँ सरुवा गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउँदछु ।’ 

देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको लिङदेनले बताए। लामिछानेले कारागार सरुवाका लागि दिएको निवेदनमा अदालतले स्थानान्तरण गर्न आदेश दिएको छ तर गृह मन्त्री रमेश लेखकले त्यसलाई टारिरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।