नेभिगेशन
मुख्य समाचार

ममभित्र औँठी भेटियो, काठमाडौँ महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी मममा मम खादा ममभित्रै औँठी भेटिएको छ । ममभित्रै धातुको औँठी खान दिने उक्त धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको भन्दै काठमाडौँ महानगरले २ लाख रुपैयाँ जरिवाना तोकेको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन्। “बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,” न्यौपानेले भने । 

Dish home
City Express

महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्क मार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई  निर्देशन दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सावधान ! मौसम राम्रो छैन

सावधान ! मौसम राम्रो छैन

तपाईं घरमा हुनुहुन्छ भने घरमै रहनुहोस् । यात्रामा हुनुहुन्छ भने छिटो यात्रा पुरा गर्नुस् । आजै सरकारले तोकेको जोखिमयुक्त क्षेत्र छोडेर सुरक्षित रहनुस् । शनिवार, आइतबार, सोमबार र...
महानवमीको दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुईँचो (तस्बिरहरु)

महानवमीको दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुईँचो (तस्बिरहरु)

महानवमीको दिन काठमाडौँको तलेजु भवानी मन्दिरमा दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन...
कपुरकोट माइक्रोबस दुर्घटनाः ३ जनाको मृत्यु , २ जना घाइते

कपुरकोट माइक्रोबस दुर्घटनाः ३ जनाको मृत्यु , २ जना घाइते

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी...
‘इभी’ सवारी साधान दुर्घटना हुँदा १७ जना घाइते

‘इभी’ सवारी साधान दुर्घटना हुँदा १७ जना घाइते

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि...