नेभिगेशन
मुख्य समाचार

बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार, ५ जना मन्त्रीले लिए सपथ

बागमती । बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् विस्तार गरेका हुन् । 

मुख्यमन्त्री बानियाँले आज सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभा चामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई आज एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सपथग्रहण गराए । 

CG

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले सोही दिन नौ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए । यसअघि मुख्यमन्त्री बानियाँको सिफारिसमा कांग्रेसबाट शिवराज अधिकारीलाई बिना विभागीयमन्त्री र कृष्णा तामाङलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री बनेका थिए । 

मन्त्री अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवार दिइएको छ । यस्तै मुख्यमन्त्री बानियाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री, डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, भरत केसीलाई वन तथा वातावरण मन्त्री, जयराथ थापालाई श्रम तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उनीसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ...