नेभिगेशन
समाज

बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार, ५ जना मन्त्रीले लिए सपथ

बागमती । बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् विस्तार गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्यमन्त्री बानियाँले आज सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभा चामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई आज एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सपथग्रहण गराए । 

Ncell
Extreme Energy

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले सोही दिन नौ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका थिए । यसअघि मुख्यमन्त्री बानियाँको सिफारिसमा कांग्रेसबाट शिवराज अधिकारीलाई बिना विभागीयमन्त्री र कृष्णा तामाङलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री बनेका थिए । 

मन्त्री अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवार दिइएको छ । यस्तै मुख्यमन्त्री बानियाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री, डा। दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, भरत केसीलाई वन तथा वातावरण मन्त्री, जयराथ थापालाई श्रम तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।