नेभिगेशन
समाज

निर्माणको अन्तिम चरणमा नागढुङ्गा सुरुङमार्ग, हेर्नुहोस् तस्बिरमा

नेपालमा सडक निर्माण तथा विकासको इतिहास गर्ने हो भने  राणाकालीन समयदेखि नै सडक निर्माण कार्य सुरु भएको विभिन्न अभिलेखहरू पाइन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 यस्ता विभिन्न प्रकाशनहरूमा प्रकाशित आलेख अनुसार पहिलो पटक वि.सं. १९९८ मा मानिसले बोकेर सवारीसाधन काठमाडौँ उपत्यकामा ल्याइएको भए तापनि वि.सं. १९८० को दशकबाटै काठमाडाैँ उपत्यकामा पहिलो सडक निर्माण सुरु भएको पाइन्छ । 

Ncell
Extreme Energy

त्यस्तै काठमाडौँ उपत्यका बाहिर निर्माण भएको पहिलो सडक भने ४२ कि.मि. लामो अमलेखगन्ज - भिमफेदी सडकलाई लिइने गरिएको छ । यसरी सडक निर्माण तथा विकासको एक शताब्दी लामो इतिहास भएको नेपाल अब भने इतिहासमै पहिलो पटक सुरुङ मार्गको चरणमा प्रवेश गर्दै छ ।

निर्माणको अन्तिम चरणमा रहेको काठमाडौँको नाग ढुङ्गा र धादिङको सिस्ने खोला सुरुङ मार्ग नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङ मार्गको रूपमा रहने छ ।

Naagdhunda-Tunnel_Sidhakura15-1755323472.jpg

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वि.स २०७६ कार्तिक ४ गते शिलान्यास गरी निर्माणको कार्य सुरु गरिएको सो सुरुङ मार्गको लगभग निर्माणको कार्य सकिसकेको छ भने अब सञ्चालनको कार्य र कार्यविधि तयार गरी सञ्चालन गर्न मात्र बाँकी रहेको छ ।

सो सुरुङ मार्ग आयोजना अन्तर्गत मुख्य र सहायक (ईभ्याकुएसन टनेल) गरी दुई वटा मार्ग रहेका छन् जसमा मुख्य सुरुङ मार्गमा सवारी साधन सञ्चालन गरिन्छ भने सहायक सुरुङ मार्ग आपतकालिन समयमा प्रयोग गर्ने गरी निर्माण गरिएको हो ।
 
सो आयोजना अन्तर्गत पूर्वी खण्ड ( काठमाडौँ तर्फ) २.५ किमी एप्रोच सडक निमार्ण गरिएको छ भने जड अन्तर्गत बलम्बुमा निर्माण गरिएको ओभर पास अन्तिम चरणमा रहेको छ ।

 

 

Naagdhunda-Tunnel_Sidhakura10-1755323471.jpg

त्यस्तै पश्चिम खण्ड (सिस्ने खोला तर्फ ) मिचिनीकी अर्थात् रोड साइड स्टेसन निर्माण गरिने भनिएकोमा जग्गा उपलब्ध नहुनाले र विभिन्न कारणले त्यो काम आधि अधुरोमा छोड्नु परेको कोइरालाले जानकारी दिए ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा ज्वालाले २०८० साउन २२ गते सहायक सुरुङ मार्गको ब्रेक थ्रु गरेका थिए भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ वैशाख ३ गते मुख्य सुरुङ मार्गमा ब्रेक थ्रु गरेका थिए ।

हाजमा कर्पोरेशन जापानले निर्माणको जिम्मा लिएको ६ वर्ष पछि अब भने निर्माण कार्य सकेर नेपाल सरकारलाई यही अक्टोबरको अन्तिममा हस्तान्तरण गर्ने तयारी गरिरहेको कम्पनीका कन्सल्टेन्ट इन्जिनियर रमेश कोइरालाले जानकारी दिए ।

जाइकाको १६ अर्ब सहुलियत ऋण सहयोग र नेपाल सरकारको करिब ६ अर्ब गरी जम्मा २२ अर्ब लागतमा सो सुरुङ मार्गको निर्माण कार्य सम्पन्न भएको उनले बताए ।

सिस्नेखोलादेखि नागढुङ्गासम्म करिब पौने ३ किमीको दूरी रहेको सो सुरुङ मार्ग प्रयोगका लागि साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क (ट्रेल ट्याक्स) समेत निर्धारण गरिसकेको छ ।

Naagdhunda-Tunnel_Sidhakura13-1755323471.jpg

Naagdhunda-Tunnel_Sidhakura12-1755323471.jpg

जस अनुसार कार/भ्यानहरूलाई काठमाडौँ आउँदा रु.६५ र काठमाडौँबाट फर्किदा रु. ६० शुल्क लाग्ने छ। मिनी बस र मिनी ट्रकलाई काठमाडौँ आउँदा रु. ११५ र काठमाडौँबाट जाँदा रु.८० शुल्क लाग्ने छ। त्यस्तै बस र ट्रकले काठमाडौँ आउँदा रु. २६० र काठमाडौँबाट जाँदा रु.२०० शुल्क तिर्नु पर्ने छ। भारी उपकरणले भने काठमाडौँ आउँदा रु.६०० र काठमाडौँबाट जाँदा रु.२५० शुल्क तिर्नु पर्ने छ । यस सुरुङ मार्गमा दुई पाङ्ग्रे सवारीसाधनले भने प्रवेश गर्न पाउने छैनन् ।

 हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङ मार्ग आगामी पुस–माघसम्ममा सञ्चालन ल्याउने तयारी भइरहेको छ । खुला प्रतिस्पर्धाबाट निजी कम्पनीलाई यो सुरुङ मार्ग सञ्चालनको जिम्मा दिने तयारी सरकारको छ । 

यो सुरुङ मार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ ।

 नयाँ प्रविधिको प्रयोग, सुरुङमा विभिन्न यन्त्रहरू जडान, सुरुङ मार्गमा ट्राफिक स्थितिको जानकारीका लागि कन्ट्रोल रूम लगायत हरेक १५० देखि २०० मिटर को दूरीमा सिसी क्यामेरा जडान गरिएको र सवारी साधनबाट निस्कने हानिकारक ग्यासको फिल्टरका लागि र सुरुङ मार्गमा अक्सिजनको प्रवाहलाई कायम राख्नका लागि १५ वटा जेट फ्यानको प्रयोग गरिएको छ भने भिजिविलिट मिटर को समेत प्रयोग र आपतकालिन सञ्चारका लागि टेलिफोन समेत जडान गरिएको छ ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।

Naagdhunda-Tunnel_Sidhakura14-1755323472.jpg

Naagdhunda-Tunnel_Sidhakura11-1755323471.jpg

Naagdhunda-Tunnel_Sidhakura9-1755323470.jpg

Naagdhunda-Tunnel_Sidhakura6-1755323469.jpg

Naagdhunda-Tunnel_Sidhakura7-1755323469.jpg

Naagdhunda-Tunnel_Sidhakura5-1755323468.jpg

Naagdhunda-Tunnel_Sidhakura8-1755323470.jpg

Naagdhunda-Tunnel_Sidhakura14-1755323472.jpg

Naagdhunda-Tunnel_Sidhakura15-1755323472.jpg

Naagdhunda-Tunnel_Sidhakura16-1755323472.jpg

Naagdhunda-Tunnel_Sidhakura14-1755323472.jpg

Naagdhunda-Tunnel_Sidhakura15-1755323472.jpg

Naagdhunda-Tunnel_Sidhakura1-1755323465.jpg

Naagdhunda-Tunnel_Sidhakura2-1755323466.jpg

Naagdhunda-Tunnel_Sidhakura3-1755323466.jpg

Naagdhunda-Tunnel_Sidhakura4-1755323468.jpg

Naagdhunda-Tunnel_Sidhakura-1755323465.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै