नेभिगेशन
समाज

१२६ दिन बसेको भैरहवा कारागारको भित्तामा रविले लेखे : अब यहाँ कृष्णहरू जन्मिने छैन तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ

भैरहवा ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको अड्डासार भएको छ । चार महिना देखि भैरहवा काराकारमा रहेका लामिछानेलाई शनिबार ललितपुरस्थित नख्खु कारागार सरुवा गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कृष्ण जन्म अष्टमीको दिन शनिबार उनलाई बुद्ध एयरमार्फत दिउँसो ३ बजे काठमाडौँ ल्याइएको हो । काठमाडौँ प्रस्थान गर्नु अघि  विमानस्थलमा प्रशासनले सभापति लामिछानेलाई उपसभापति डा स्वर्णिम वाग्ले र पार्टी प्रवक्ता मनिष झासँग सङ्क्षिप्त कुराकानी गर्न मात्रै दियो  ।

Ncell
Extreme Energy

सो भेटमा लामिछानेले आफ्नो अड्डा सारमा पनि राज्यले प्रतिशोध देखाएको बताएका थिए । पार्टी प्रवक्ता मनिष झाकाअनुसार दुई मिनेटको भेटमा सभापति लामिछानेले आफू बसेको कारागारको कोठाको भित्तामा अब यहा कृष्णहरू जन्मिने छैन तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ भनेर लेखेर आएको बताएका थिए । 

झाकाअनुसार लामिछानेले सरकारले राजनीतिक प्रतिशोध साँधेर मङ्गलग्रहमा लगे पनि नडराउने बताए । नेपाल र यो भूमि आफ्नो हो भन्दै  लामिछानेले जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन।
'राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमी हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन । म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहा कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ,' लामिछानेको भनाई उदृत गर्दै प्रवक्ता झाले सिधाकुरासँग भने । 

यस्तो छ झाले रविसँगको भेटको दुई मिनेटबारे व्यक्त गरेको अनुभव  

कृष्ण जन्माष्टमी र Buddha Air UA860
आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौं उपत्यका स्थित नख्खु कारागार स्थान्तरण गरिदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए।  हतारिएर, अनिश्चितताको सास फेर्दै 
प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर सोनिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।

विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनुभयो। सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरणले कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन। 
मैले सोधे, 
कति दिन भैयहवा बस्नु भयोरु वहाँले भन्नु भयो १२६ दिन। 
काठमाडौं जानु हुदैछ, के सोच्दै हुनुहुन्छरु
वहाँले भन्नुभयो, 'पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै संग माया छ, सदभाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ। भैरहवाको हावापानी, यहाको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।'

'राजनीतिक प्रतिशोधले यिनीहरूले मङ्गलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भुमी हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन ूम बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहा कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ।'
'४६३ दिन पहिले एकजनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।
तर पनि म भयभित छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।'

सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्‍यो। 'अब काठमाडौँमा भेटौला है'भनेर भैरवाबाट काठमाडौँको लागि उडेको युए डटण् बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौं।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।