नेभिगेशन
मुख्य समाचार

१२६ दिन बसेको भैरहवा कारागारको भित्तामा रविले लेखे : अब यहाँ कृष्णहरू जन्मिने छैन तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ

भैरहवा ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको अड्डासार भएको छ । चार महिना देखि भैरहवा काराकारमा रहेका लामिछानेलाई शनिबार ललितपुरस्थित नख्खु कारागार सरुवा गरिएको हो । 

कृष्ण जन्म अष्टमीको दिन शनिबार उनलाई बुद्ध एयरमार्फत दिउँसो ३ बजे काठमाडौँ ल्याइएको हो । काठमाडौँ प्रस्थान गर्नु अघि  विमानस्थलमा प्रशासनले सभापति लामिछानेलाई उपसभापति डा स्वर्णिम वाग्ले र पार्टी प्रवक्ता मनिष झासँग सङ्क्षिप्त कुराकानी गर्न मात्रै दियो  ।

CG

सो भेटमा लामिछानेले आफ्नो अड्डा सारमा पनि राज्यले प्रतिशोध देखाएको बताएका थिए । पार्टी प्रवक्ता मनिष झाकाअनुसार दुई मिनेटको भेटमा सभापति लामिछानेले आफू बसेको कारागारको कोठाको भित्तामा अब यहा कृष्णहरू जन्मिने छैन तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ भनेर लेखेर आएको बताएका थिए । 

झाकाअनुसार लामिछानेले सरकारले राजनीतिक प्रतिशोध साँधेर मङ्गलग्रहमा लगे पनि नडराउने बताए । नेपाल र यो भूमि आफ्नो हो भन्दै  लामिछानेले जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन।
'राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमी हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन । म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहा कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ,' लामिछानेको भनाई उदृत गर्दै प्रवक्ता झाले सिधाकुरासँग भने । 

यस्तो छ झाले रविसँगको भेटको दुई मिनेटबारे व्यक्त गरेको अनुभव  

कृष्ण जन्माष्टमी र Buddha Air UA860
आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौं उपत्यका स्थित नख्खु कारागार स्थान्तरण गरिदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए।  हतारिएर, अनिश्चितताको सास फेर्दै 
प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर सोनिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।

विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनुभयो। सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरणले कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन। 
मैले सोधे, 
कति दिन भैयहवा बस्नु भयोरु वहाँले भन्नु भयो १२६ दिन। 
काठमाडौं जानु हुदैछ, के सोच्दै हुनुहुन्छरु
वहाँले भन्नुभयो, 'पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै संग माया छ, सदभाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ। भैरहवाको हावापानी, यहाको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।'

'राजनीतिक प्रतिशोधले यिनीहरूले मङ्गलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भुमी हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन ूम बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहा कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ।'
'४६३ दिन पहिले एकजनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।
तर पनि म भयभित छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।'

सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्‍यो। 'अब काठमाडौँमा भेटौला है'भनेर भैरवाबाट काठमाडौँको लागि उडेको युए डटण् बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौं।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरि तोक्ने...
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको...