नेभिगेशन
समाज

हात्तीबाट धानबाली जोगाउन थापिएको करेन्टको धरापमा परी दम्पतीको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा  विद्युत प्रवाह चुहावट भएर आज विहान एक दम्पतिको निधन भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निधन हुनेमा  ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब  उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

Ncell
Extreme Energy

उनका अनुसार  कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो । 

उनीहरु  आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो ।  खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...