नेभिगेशन
मुख्य समाचार

हात्तीबाट धानबाली जोगाउन थापिएको करेन्टको धरापमा परी दम्पतीको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा  विद्युत प्रवाह चुहावट भएर आज विहान एक दम्पतिको निधन भएको छ । 

निधन हुनेमा  ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब  उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

उनका अनुसार  कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो । 

उनीहरु  आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो ।  खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
एमालेलाई माइतीघरमा रोक लगाउन माग गर्दै जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

एमालेलाई माइतीघरमा रोक लगाउन माग गर्दै जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...
आज पनि अशान्त सिमरा, प्रशासनले लगायो कर्फ्यु

आज पनि अशान्त सिमरा, प्रशासनले लगायो कर्फ्यु

बुधबार एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायत मधेश जागरण सभाका लागी आउन लागेको बेला जेन जी यूवाहरुले विरोध जनाउन लाग्दा एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका थिए ।...