नेभिगेशन
समाज

६.२ प्रतिशतले वृद्धि भएर ६ खर्ब ८४ अर्ब ९१ करोड पुग्यो विद्युत प्राधिकरणको सम्पत्ति

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कुल सम्पती ६ दशमलव २ प्रतिशतले बृद्धि भइ ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको ४०औँ वार्षिकोत्सवको अवसरमा सो बारे जानकारी दिएका हुन् । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले गत आर्थिक बर्षमा प्राधिकरणको प्रणालीमा कूल ४ सय ३४ मेगावाट थप भएको जानकारी दिए । त्यस्तै प्रणालीमा कुल २५३ सर्किट किलोमिटर लाइन थप भइ कुल लम्वाई ६ हजार ७ सय ६० सर्किट किलोमिटर पुगेको उनले बताए । 

Ncell
Extreme Energy

उनले विद्युत् चुहावट ०।४७ प्रतिशतले कमी भई १२.२६ प्रतिशतमा आएको जानकारी दिए ।  गत आर्थिक वर्षमा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको र यो वर्ष घट्ने क्रममा रहेको उनको भनाइ छ । 

शाक्यले आगामी वर्ष काठमाडौँ उपत्यकाका चार लाख घरधुरीमा स्मार्ट मीटर जडानको प्रक्रिया सुरु हुने र देशभर गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था गरिने पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...