नेभिगेशन
मुख्य समाचार

दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुन्छः मन्त्री भण्डारी

भीमदत्तनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधरा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा गर्ने तयारी भइरहेको बताएका छन् । 

सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री भण्डारीले भने, “दोधारा चाँदनी सुक्खा बन्दरगाह लामो प्रतीक्षापछि सुरु गर्ने पक्रियामा हामी अगाडि बढेका छौँ, रु तीन अर्ब ८० करोडको लागतमा बन्ने गरी ठेक्का सम्झौता भइसकेको छ, प्रधानमन्त्रीको आउँदो भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीका तर्फबाट शिलान्यास गर्नेगरी कार्यक्रम तय भएको छ ।”

CG

नेपालले भारतका अन्य व्यापारिक बन्दरगाह प्रयोग गर्नका लागि पनि भारतीय पक्षसँग सकारात्मक रुपमा छलफल अगाडि बढेको मन्त्री भण्डारीले बताए । “पश्चिम नेपालको सीमासँग नजिक रहेको भारतको मुन्द्रा बन्दरगाह हाम्रो प्राथमिकतामा छ । उनले भने, “तेस्रो मुलुकसँग सबैभन्दा छोटो व्यापारिक निकटता हुनेछ, यसबाट अन्तरदेशीय व्यापारमा सहज हुनेछ ।” 

दोधारा चाँदनीमा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण काम अघि बढेको हो । यसले सुदूरपश्चिमकै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उनीसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ...