नेभिगेशन
समाज

दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुन्छः मन्त्री भण्डारी

भीमदत्तनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधरा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा गर्ने तयारी भइरहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री भण्डारीले भने, “दोधारा चाँदनी सुक्खा बन्दरगाह लामो प्रतीक्षापछि सुरु गर्ने पक्रियामा हामी अगाडि बढेका छौँ, रु तीन अर्ब ८० करोडको लागतमा बन्ने गरी ठेक्का सम्झौता भइसकेको छ, प्रधानमन्त्रीको आउँदो भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीका तर्फबाट शिलान्यास गर्नेगरी कार्यक्रम तय भएको छ ।”

Ncell
Extreme Energy

नेपालले भारतका अन्य व्यापारिक बन्दरगाह प्रयोग गर्नका लागि पनि भारतीय पक्षसँग सकारात्मक रुपमा छलफल अगाडि बढेको मन्त्री भण्डारीले बताए । “पश्चिम नेपालको सीमासँग नजिक रहेको भारतको मुन्द्रा बन्दरगाह हाम्रो प्राथमिकतामा छ । उनले भने, “तेस्रो मुलुकसँग सबैभन्दा छोटो व्यापारिक निकटता हुनेछ, यसबाट अन्तरदेशीय व्यापारमा सहज हुनेछ ।” 

दोधारा चाँदनीमा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण काम अघि बढेको हो । यसले सुदूरपश्चिमकै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।