नेभिगेशन
मुख्य समाचार

राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र धरापमा पर्दै गयोः धनराज गुरुङ

कास्की । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र/गणतन्त्र धरापमा पर्दै गएको बताएका छन् । 

सोमबार कास्कीमा नेपाल लोकतान्त्रिक खेलकुद संघको गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै गुरुङले नेपाली राजनीतिमा अनुशासन हराउदै गएको र स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र/गणतन्त्र धरापमा पर्दै गएको बताएका हुन् । 

CG

एक नेताले अर्को नेतालाई एक पार्टीले अर्को पार्टीलाई खुल्याउने प्रवृत्ति बढेको भन्दै यस्तो अनुशासनहिन लोकतन्त्र/गणतन्त्र हुन नसक्ने उनको भनाइ थियो । उनले राष्ट्रियताको सवालमा पार्टी, जाति, भेग, समुदाय कुनै वाहनमा बिभाजन हुन नहुने भन्दै नेपालमा समाजवाद अझै आउन नसकेको बताए । 

गुरुङले लोकतन्त्र, गणतन्त्रलाई अप्ठ्यारो पर्दा मात्रै पार्टीको निर्देशन मान्नुपर्ने बताउँदै खेल क्षेत्रको विकासको लागि पार्टीको निर्देशन कुरेर बस्नुनपर्ने बताए । 

त्यस्तै कांग्रेस नेता मोहन बहादुर बस्नेतले पार्टीको भातृसंस्था बलियो भए पार्टी बलियो हुने बताए । देशभरमा रहेका कांग्रेसका नेताहरु देश हाक्न सक्षम रहेको भन्दै उनले कांग्रेसको शक्तिलाई मुलुकको बिकासमा परिचालन गर्नुपर्नेमा जोड दिए । 

बस्नेतले लोकतान्त्रिक खेलकुद संघले खेल र खेलाडीको बिकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उनीसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ...