नेभिगेशन
समाज

राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र धरापमा पर्दै गयोः धनराज गुरुङ

कास्की । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र/गणतन्त्र धरापमा पर्दै गएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार कास्कीमा नेपाल लोकतान्त्रिक खेलकुद संघको गण्डकी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै गुरुङले नेपाली राजनीतिमा अनुशासन हराउदै गएको र स्वच्छ प्रतिस्पर्धा हुन नसक्दा लोकतन्त्र/गणतन्त्र धरापमा पर्दै गएको बताएका हुन् । 

Ncell
Extreme Energy

एक नेताले अर्को नेतालाई एक पार्टीले अर्को पार्टीलाई खुल्याउने प्रवृत्ति बढेको भन्दै यस्तो अनुशासनहिन लोकतन्त्र/गणतन्त्र हुन नसक्ने उनको भनाइ थियो । उनले राष्ट्रियताको सवालमा पार्टी, जाति, भेग, समुदाय कुनै वाहनमा बिभाजन हुन नहुने भन्दै नेपालमा समाजवाद अझै आउन नसकेको बताए । 

गुरुङले लोकतन्त्र, गणतन्त्रलाई अप्ठ्यारो पर्दा मात्रै पार्टीको निर्देशन मान्नुपर्ने बताउँदै खेल क्षेत्रको विकासको लागि पार्टीको निर्देशन कुरेर बस्नुनपर्ने बताए । 

त्यस्तै कांग्रेस नेता मोहन बहादुर बस्नेतले पार्टीको भातृसंस्था बलियो भए पार्टी बलियो हुने बताए । देशभरमा रहेका कांग्रेसका नेताहरु देश हाक्न सक्षम रहेको भन्दै उनले कांग्रेसको शक्तिलाई मुलुकको बिकासमा परिचालन गर्नुपर्नेमा जोड दिए । 

बस्नेतले लोकतान्त्रिक खेलकुद संघले खेल र खेलाडीको बिकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।