नेभिगेशन
मुख्य समाचार

रवि लामिछानेको ब्लड स्याम्पल लिएर नख्खु कारागारबाट फर्किए ट्रमा सेन्टरका चिकित्सक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि जाँचको लागि पुगेका ट्रमा सेन्टरका चिकित्सकका टोलीले उनको जाँच गरेका छन् । सो क्रममा उनीह ब्लड स्याम्पल लिएर पर्किएका छन् । 

रास्वपा उपसभापति डिपी अर्यालले भेटको क्रममा लामिछानेको बाहिरि आवरण (छाला) अस्वभाविक परिवर्तन देखिएपछि जाँचको लागि कारागार प्रशासनलाई अनुरोध गरेका थिए । सुरक्षा चुनौतिका कारण चिकित्सकको टोलीलाई कारगारमै लगिएको थियो । 

CG

जाँचको लागि नख्खु कारगार पुगेको ट्रमा सेन्टरको टोली लामिछानेको ब्लड स्याम्पल लिएर फर्किएको नख्खु कारगारका जेलर भिमराज कोइरालाले जानकारी दिए । ‘उहाँले त्यस्तो असहज महसुस गर्नुभएको छैन । चिकित्सकको टोली ब्लड स्याम्पल लिएर फर्किएका छन् ।’ 

उनको रिपोर्ट आउन केही समय लाग्ने बताइएको छ । रुपन्देही रहँदा घाममा निस्कन नपाएको कारण स्किनमा समस्या आएको हुनसक्ने उपसभापति अर्यालको अनुमान छ ।  भारत भ्रमणमा रहेका अर्याल नेपाल आउनेवित्तिकै लामिछानेलाई भेट्न करागार पुगेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

धुम्म काठमाडौँ उपत्यका, केही केही स्थानमा हल्का वर्षा(तस्बिरहरु)

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उनीसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ...