नेभिगेशन
समाज

बाराको कोल्हबीमा हाटबजार निर्माण अन्तिम चरणमा

बारा । बारामा सुबिधासम्पन्न हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कोल्हबी नगरपालिकाका स्थित मुख्य चोकमा बनिरहेको अत्याधुनिक तथा व्यवस्थित हाटबजारको  निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भईसकेको छ भने ५ प्रतिशत काम अबका केही दिनमा पुरा हुने साईट ईन्चार्ज दिनेश खनालले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाट बजार ३ विघाह क्षेत्रफलमा निर्माण भईरहेको हाटबजारमा ७ वटा ब्लक रहेका छन । जहाँ फरक–फरक प्रकारका सामानहरु विक्री कक्ष बनाइएको छ । मिसन कन्ट्रक्शन एण्ड सप्लायर्सले निमार्ण गरिरहेको हाटबजारमा ७२ वटा सटर भएको ३ वटा बिल्डिंग सपिङ कमप्लेक्स , २६ वटा सटर भएको २ वटा बिल्डिंग,२ वटा खुद्रा बजार रहेको छ । बाँकिको अन्य ब्लकमा मार्केट स्टल रहने छ भने मार्केट स्टलकै बीचमा रहेको खुल्ला स्थानमाबजार लाग्ने खनालले बताए । 

Ncell
Extreme Energy

कोल्हबीमा लामो समयदेखि साघुँरो र जोखिममा रहेर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एकीकृत रुपमा बजार व्यवस्थापन गर्ने उद्देश्यले अत्याधुनिक हाटबजार निर्माण थालिएको कोल्हबीका मेयर राम प्रसाद चौधरीले बताए ।  ‘हाटबजार सञ्चालनमा आइसकेपछि व्यवसायीहरुको स्वास्थ्यमा असर नपर्ने,कृषकले उत्पादन गरेका तरकारी, फलफुलले बजार पाउने भएकाले यो नगरपालिकाको गौरबको आयोजना मध्यको एक हो । हाटबजार निर्माणको लागि नगर बिकास कोष र कोल्हबी नगरपालिकाबाट बिनियोजित कुल १८ करोडको बजेटले निमार्णकार्यको सुरुवात भएको थियो । अब आउदो असोज महिनाबाट संचालनमा ल्याईनेछ जुन बारा जिल्लाकै नमुना हाटबजार हुन्छ ।’ मेयर चौधरीले भने ।

हाटबजारमा पर्खाल, अण्डर पास नाला, सडक स्तरोन्नती, इन्टरलक टायल देखि शौचालय समेत निर्माण भईसकेको नगरपालिकाका ईन्जिनियर गणेश प्रसाद चौधरीले जानकारी दिए ।  व्यवस्थित पार्किङ, विश्रामस्थल सहित बजारमा मुल्य सूचिसहितको डिस्प्ले बोर्ड पनि राखिने ईन्जिनियर चौधरीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...