नेभिगेशन
समाज

बाराको कोल्हबीमा हाटबजार निर्माण अन्तिम चरणमा

बारा । बारामा सुबिधासम्पन्न हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कोल्हबी नगरपालिकाका स्थित मुख्य चोकमा बनिरहेको अत्याधुनिक तथा व्यवस्थित हाटबजारको  निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भईसकेको छ भने ५ प्रतिशत काम अबका केही दिनमा पुरा हुने साईट ईन्चार्ज दिनेश खनालले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाट बजार ३ विघाह क्षेत्रफलमा निर्माण भईरहेको हाटबजारमा ७ वटा ब्लक रहेका छन । जहाँ फरक–फरक प्रकारका सामानहरु विक्री कक्ष बनाइएको छ । मिसन कन्ट्रक्शन एण्ड सप्लायर्सले निमार्ण गरिरहेको हाटबजारमा ७२ वटा सटर भएको ३ वटा बिल्डिंग सपिङ कमप्लेक्स , २६ वटा सटर भएको २ वटा बिल्डिंग,२ वटा खुद्रा बजार रहेको छ । बाँकिको अन्य ब्लकमा मार्केट स्टल रहने छ भने मार्केट स्टलकै बीचमा रहेको खुल्ला स्थानमाबजार लाग्ने खनालले बताए । 

Ncell
Extreme Energy

कोल्हबीमा लामो समयदेखि साघुँरो र जोखिममा रहेर व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एकीकृत रुपमा बजार व्यवस्थापन गर्ने उद्देश्यले अत्याधुनिक हाटबजार निर्माण थालिएको कोल्हबीका मेयर राम प्रसाद चौधरीले बताए ।  ‘हाटबजार सञ्चालनमा आइसकेपछि व्यवसायीहरुको स्वास्थ्यमा असर नपर्ने,कृषकले उत्पादन गरेका तरकारी, फलफुलले बजार पाउने भएकाले यो नगरपालिकाको गौरबको आयोजना मध्यको एक हो । हाटबजार निर्माणको लागि नगर बिकास कोष र कोल्हबी नगरपालिकाबाट बिनियोजित कुल १८ करोडको बजेटले निमार्णकार्यको सुरुवात भएको थियो । अब आउदो असोज महिनाबाट संचालनमा ल्याईनेछ जुन बारा जिल्लाकै नमुना हाटबजार हुन्छ ।’ मेयर चौधरीले भने ।

हाटबजारमा पर्खाल, अण्डर पास नाला, सडक स्तरोन्नती, इन्टरलक टायल देखि शौचालय समेत निर्माण भईसकेको नगरपालिकाका ईन्जिनियर गणेश प्रसाद चौधरीले जानकारी दिए ।  व्यवस्थित पार्किङ, विश्रामस्थल सहित बजारमा मुल्य सूचिसहितको डिस्प्ले बोर्ड पनि राखिने ईन्जिनियर चौधरीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ उपत्यकामा २ दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन...
आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै,  खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै, खर्च धान्न ७० प्रतिशतलाई कठिनाइ

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत...
शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

उनका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहनेछ। त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जाने र दसैँको अनुभूति हुने सम्भावना छ।

भर्खरै