नेभिगेशन
समाज

वीरगञ्जमा हैजा फैलियोः दुईको मृत्यु, विद्यालय बन्द

काठमाडौँ । वीरगञ्जमा हैजाको प्रकोप तीव्र बनेपछि महानगरपालिकाभित्रका सबै शैक्षिक संस्थान दुई दिनका लागि बन्द गरिएका छन्। आइतबार र सोमबार पठनपाठन रोक्न सबै विद्यालयलाई आह्वान गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन्। संक्रमण मुख्यतया वडा नम्बर ११, १२, १३ र १६ मा फैलिएको छ।

Ncell
Extreme Energy

ठाकुरका अनुसार हालसम्म हैजाको लक्षण देखिएका दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरिया ९ की एक महिला र वीरगञ्ज १२ का एक पुरुष रहेका छन् । यद्यपी उनीहरुको मृत्युको कारण हैजा मात्रै हो कि अन्य पनि समस्या थियो भन्ने अध्ययन भैरहेको उनले बताए । 

संक्रमण देखिएका ११ स्थानका पानीका नमुना परीक्षणका लागि काठमाडौंस्थित टेकु स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको महानगरले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । समस्या समाधान भएसँगै आजदेखि सेयर बजार खुल्ने भएको छ ।
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।