नेभिगेशन
मुख्य समाचार

वीरगञ्जमा हैजा फैलियोः दुईको मृत्यु, विद्यालय बन्द

काठमाडौँ । वीरगञ्जमा हैजाको प्रकोप तीव्र बनेपछि महानगरपालिकाभित्रका सबै शैक्षिक संस्थान दुई दिनका लागि बन्द गरिएका छन्। आइतबार र सोमबार पठनपाठन रोक्न सबै विद्यालयलाई आह्वान गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन्। संक्रमण मुख्यतया वडा नम्बर ११, १२, १३ र १६ मा फैलिएको छ।

CG

ठाकुरका अनुसार हालसम्म हैजाको लक्षण देखिएका दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरिया ९ की एक महिला र वीरगञ्ज १२ का एक पुरुष रहेका छन् । यद्यपी उनीहरुको मृत्युको कारण हैजा मात्रै हो कि अन्य पनि समस्या थियो भन्ने अध्ययन भैरहेको उनले बताए । 

संक्रमण देखिएका ११ स्थानका पानीका नमुना परीक्षणका लागि काठमाडौंस्थित टेकु स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको महानगरले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...
एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

एमाले महाधिवेशनः सुहाङ्ग नेम्बाङद्वारा स्वतन्त्र उम्मेद्वारी दर्ता

केन्द्रिय सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय अन्तीम समयसम्म पनि दुबै प्यानल मध्ये कुनै प्यानलमा नअटाउने देखेपछि उनले केन्द्रीय...
बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी रास्वपा प्रवेश

सोमबार रास्वपाले वीरगंज महानगरपालिकामा आयोजना गरेको एक कार्यक्रम सहभागी भएका गाउँपालिका अध्यक्ष अन्सारी रास्वपा प्रवेश गरेका हुन । गाउँपालिका अध्यक्ष अन्सारीलाई रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी प्रवेश...
हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

सञ्चारमन्त्री खरेलले भने, “हामीले हुलाक सेवालाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन सक्नुपर्छ, हुलाकासँग अबको पाँच वर्षभित्रमा राज्य र जनतालाई योगदान गर्नसक्ने गरी कार्यान्वयनमुखी कार्ययोजना हुन आवश्यक...

भर्खरै