नेभिगेशन
समाज

स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका विदा स्वीकृत नगर्ने

वीरगञ्ज (पर्सा) । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

सो बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो । 

निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो । 

सोही बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ । 

हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेप्सेमा देखिएको प्राविधिक समस्या समाधान, सेयर बजार आज खुल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएको छ । समस्या समाधान भएसँगै आजदेखि सेयर बजार खुल्ने भएको छ ।
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस, मानसरोवर हिँडेका यात्रु अलपत्र

कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।
रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी संसदीय निर्वाचनमा पुटिनको पार्टीलाई दुईतिहाइभन्दा बढी बहुमत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सत्ताधारी 'युनाइटेड रसिया' पार्टीले संसदीय निर्वाचनमा कीर्तिमानी दुई-तिहाइभन्दा बढी (सुपरमेजोरिटी) सिट जितेको छ ।
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।