नेभिगेशन
मुख्य समाचार

वीरगञ्जमा ७९ जनामा हैजाको संक्रमण, नियन्त्रणमा सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर । वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा सहकार्य गर्ने भएको छ । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा सोमबार जनकपुरधाममा बसेको प्रदेश सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । साथै थप हैजा फैलिन नदिन र उच्च सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरिएको छ ।

महामारी नियन्त्रणका लागि खानेपानी तथा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर ढल तथा खानेपानीको पाइप मिसिएको ठाउँको खोजी, अनुसन्धान तथा मर्मतका लागि आवश्यक परेको खण्डमा सम्बन्धित निकायसँग सुरक्षा निकायले सहकार्य गर्ने निर्णय गरिएको मन्त्री लेखीले जानकारी दिए । 

Dish home
City Express

हैजा नियन्त्रणका लागि परिचालन भएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई सुरक्षा निकायका तर्फबाट सबै प्रकारको सहयोग गर्ने निर्णय प्रदेश सुरक्षा समितिबाट भएको बताइएको छ । खानेपानीको पाइपमा ढल मिसिएका कारण हैजा फैलिएको विषयमा बैठकमा सुरक्षा निकायबाट रिपोर्टिङ भएको गृहमन्त्री लेखीले पत्रकारहरूलाई जानकारी दिए । 

बैठकमा गौर घटनाका विषयमा सर्वोच्च अदालतबाट भएको परमादेश र त्यसपछि सुरु भएका विरोध प्रदर्शनसहितको विषयमा समीक्षा भएको जनाइएको छ । बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल बराल, नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका मधेस प्रदेश प्रमुखले उपस्थिति जनाएका थिए । 

वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौरका डा परशुराम यादव र डा विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिए । वीरगञ्जमा हालसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन् भने झाडापखालाजन्य लक्षण देखिएका १०३ जना उपचार गराइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । ठेकदारसहित १५ जनाविरुद्ध  करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरु

एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरु

मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने...
प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव, भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता

प्रदेश अस्पतालमा बिरामीलाई शय्या अभाव, भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता

बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता बढेको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए । उपचारका लागि आउने अधिकांश बिरामी...
स्वास्थ्य शिविरबाट एक हजार ३७५ लाभान्वित

स्वास्थ्य शिविरबाट एक हजार ३७५ लाभान्वित

शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको शल्यक्र्रिया र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गतेसम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर बिरामीको...