नेभिगेशन
समाज

हरितालिकाः पशुपतिनाथलगायत देशभरका शिवालयमा  भक्तजनको घुइँचो

काठमाडौँ ।  हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि  पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ ।  आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि  पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले  जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उनले बताए । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ ।

Ncell
Extreme Energy

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी अनिता भट्टल मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...

भर्खरै