नेभिगेशन
मुख्य समाचार

काठमाडौँ ल्याइयो यस वर्षको इन्द्रजात्राका लागि लिंगो (तस्विरहरु)

काठमाडौँ । यस वर्षको इन्द्रजात्रा अर्थात् यँयाः का लागि लिंगो (यःसिं) काठमाडौं ल्याइएको छ । मानन्धर समुदायका अगुवाहरू, गुठी संस्थान, शार्दूल जंग गुल्म (गुरुजुको पल्टन) सहितको टोली वन प्रस्थान गरी यःसिं आज काठमाडौँको भोटाहिटी ल्याइएको हो । पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा दिइएको साइतअनुसार सोमबार राति ९ः०३ को साइतमा वृक्ष कर्तन (रुख कटान) गरी नालाबाट गुठीयारहरुले तानेर ल्याएका हुन् ।

यसरी भोटाहिटीमा ल्याइएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि)को दिन बिहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइनेछ । भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको यःसिं हनुमानढोका कालभैरव र कागेश्वर महादेवका मन्दिर अगाडि भदौ १९ गते बिहीवार बिहान १०ः३१ को शुभ साइतका उठाइ इन्द्रध्वजोत्थान गरिनेछ। यःसिं उठाएपछि काठमाडौँको मुख्य तथा ऐतिहासिक, धार्मिक यँया (इन्द्रजात्रा) औपचारिकरुपमा सुरु भएको मानिन्छ।

CG

indrajatra-lingo-1-(1)-1756271957.jpg

indrajatra-lingo-1-(9)-1756271956.jpg

indrajatra-lingo-1-(8)-1756271954.jpg

indrajatra-lingo-1-(6)-1756271951.jpg

indrajatra-lingo-1-(7)-1756271951.jpg

indrajatra-lingo-1-(5)-1756271949.jpg

indrajatra-lingo-1-(4)-1756271943.jpg

indrajatra-lingo-1-(3)-1756271940.jpg

indrajatra-lingo-1-(2)-1756271940.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाद्वारा आयोजित चियापानमा प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्म(तस्बिरहरु)

राप्रपाद्वारा आयोजित चियापानमा प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्म(तस्बिरहरु)

आइतबार राप्रपाद्वारा आयोजित चियापान कार्यक्रममा देशका उच्चपदस्तले समेत उपस्थिति जनाएका छन् । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको जलपान कार्यक्रम प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्मकाले उपस्थिति जनाएका हुन ।
भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

देशभरबाट पार्टीको विशेष महाधिवेशनमा सफल पार्नका लागि महाधिवेशन स्थलमा उपस्थित नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले कार्यक्रम भरिभराउ देखिएको हो ।
नेपाली ढाका टोपी लगाएर राष्ट्रिय टोपी दिवस दौड

नेपाली ढाका टोपी लगाएर राष्ट्रिय टोपी दिवस दौड

'हाम्रो टोपी, हाम्रो एकता' भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन...
प्रतिनिधिहरुकाे नाम दर्ता जारी, यी स्थानबाट निकालिदै छ जुलुस

प्रतिनिधिहरुकाे नाम दर्ता जारी, यी स्थानबाट निकालिदै छ जुलुस

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।