नेभिगेशन
समाज

गणेश चतुर्थीको दिन सयपत्रीको मालाले सजिएका भगवान् गणेश (तस्विरहरु)

काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्वका दिन आज देश भरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन  मनाइने यस पर्व सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइँदै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । आज गणेश चतुर्थीको दिन भक्तजनहरुले भगवान् गणेशको विशेष पूजाआराधना गरिरहेका छन् ।  देशभरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ । भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा पनि बिहानैदेखि चहलपहल छ । गणेश चतुर्थीको दिन बिहानै त्यहाँ नित्य पूजा गरिएको छ । गणेशको मूर्तिलाई सयपत्री फूलको मालाले सजाएर लड्डुको भोग लगाइएको थियो।

Ncell
Extreme Energy

ganesh-chaturthi-surya-binayak-1756273114.jpg

ganesh-chaturthi-surya-binayak-3-1756273113.jpg

ganesh-chaturthi-surya-binayak-2-1756273113.jpg

ganesh-chaturthi-surya-binayak-7-1756273112.jpg

ganesh-chaturthi-surya-binayak-6-1756273112.jpg

ganesh-chaturthi-surya-binayak-5-1756273112.jpg

ganesh-chaturthi-surya-binayak-4-1756273112.jpg

ganesh-chaturthi-surya-binayak-9-1756273111.jpg

ganesh-chaturthi-surya-binayak-8-1756273111.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

सानेपामा कांग्रेस महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिर)

७ हजारको संख्यामा प्रतिनिधि गगन नेतृत्वको पार्टीको उत्सवमा सहभागी भइरहँदा समानान्तर गतिविधिमा संलग्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले खोलेको कार्यालय भने सुनसान छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।

भर्खरै