नेभिगेशन
मुख्य समाचार

गणेश चतुर्थीको दिन सयपत्रीको मालाले सजिएका भगवान् गणेश (तस्विरहरु)

काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्वका दिन आज देश भरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन  मनाइने यस पर्व सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइँदै छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । आज गणेश चतुर्थीको दिन भक्तजनहरुले भगवान् गणेशको विशेष पूजाआराधना गरिरहेका छन् ।  देशभरका गणेश मन्दिरहरूमा श्रद्धालुहरूको भीड लागेको छ । भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा पनि बिहानैदेखि चहलपहल छ । गणेश चतुर्थीको दिन बिहानै त्यहाँ नित्य पूजा गरिएको छ । गणेशको मूर्तिलाई सयपत्री फूलको मालाले सजाएर लड्डुको भोग लगाइएको थियो।

CG

ganesh-chaturthi-surya-binayak-1756273114.jpg

ganesh-chaturthi-surya-binayak-3-1756273113.jpg

ganesh-chaturthi-surya-binayak-2-1756273113.jpg

ganesh-chaturthi-surya-binayak-7-1756273112.jpg

ganesh-chaturthi-surya-binayak-6-1756273112.jpg

ganesh-chaturthi-surya-binayak-5-1756273112.jpg

ganesh-chaturthi-surya-binayak-4-1756273112.jpg

ganesh-chaturthi-surya-binayak-9-1756273111.jpg

ganesh-chaturthi-surya-binayak-8-1756273111.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाद्वारा आयोजित चियापानमा प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्म(तस्बिरहरु)

राप्रपाद्वारा आयोजित चियापानमा प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्म(तस्बिरहरु)

आइतबार राप्रपाद्वारा आयोजित चियापान कार्यक्रममा देशका उच्चपदस्तले समेत उपस्थिति जनाएका छन् । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको जलपान कार्यक्रम प्रधानमन्त्री, सञ्चारमन्त्रीदेखि कुलमानसम्मकाले उपस्थिति जनाएका हुन ।
भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

भृकुटीमण्डपमा जारी नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थललाई ड्रोनबाट नियाल्दा(तस्बिरहरु)

देशभरबाट पार्टीको विशेष महाधिवेशनमा सफल पार्नका लागि महाधिवेशन स्थलमा उपस्थित नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले कार्यक्रम भरिभराउ देखिएको हो ।
नेपाली ढाका टोपी लगाएर राष्ट्रिय टोपी दिवस दौड

नेपाली ढाका टोपी लगाएर राष्ट्रिय टोपी दिवस दौड

'हाम्रो टोपी, हाम्रो एकता' भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन...
प्रतिनिधिहरुकाे नाम दर्ता जारी, यी स्थानबाट निकालिदै छ जुलुस

प्रतिनिधिहरुकाे नाम दर्ता जारी, यी स्थानबाट निकालिदै छ जुलुस

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।

भर्खरै