नेभिगेशन
समाज

आन्दोलनको तेस्रोदिनः झरीमा रुझ्दै महानगर पुगे कवाड व्यवसायी (तस्विरहरु)

काठमाडौँ । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले  बिहिबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झरीमा रुझ्दै महानगरको कार्यालय पुगेका उनीहरूले महानगर प्रमुख बालेन शाहको विरुद्ध नाराबाजी गरेका हुन् । भृकुटीमण्डपबाट शुरु भएको कवाड व्यवसायीको र्‍याली कमलादीस्थित काठमाडौं महानगरपालिका पुगेको थियो ।

Ncell
Extreme Energy

सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।

आन्दोलनमा सहभागिहरुले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

kawadi-aandonal-6-1756377085.jpg

kawadi-aandolan-4-1756377084.jpg

kawadi-aandolan-7-1756377084.jpg

kawadi-aandolan-3-1756377083.jpg

kawadi-aandolan-2-1756377083.jpg

kawad-1756376279.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

भोटेकोशी बाढीप्रभावितलाई कैदीबन्दीको सहयोग

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आजदेखि

जलवायु परिवर्तनबाट प्रत्यक्षरुपमा प्रभावित नेपालले जलवायु उत्सर्जनमा कम योगदान गरेका देशहरुको आवाज र त्यसमा भएका मानवीय तथा भौतिक पूर्वाधारको क्षतिलगायतका मुद्दालाई राष्ट्रसंघमा प्राथमिकताका साथ उठाउने भएको छ ।
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्न सबैसँग आग्रह गरेकी छिन्।