नेभिगेशन
समाज

कटारी अस्पतालका मेसु डा. गौरव साहलाई उत्कृष्ट चिकित्सक अवार्ड

उदयपुर । स्वास्थ्य खबर फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वयमा आयोजना गरेको ‘हेल्थ अवार्ड २०८२’मा कटारी अस्पतालका मेसु डा. गौरव साह ‘उत्कृष्ट चिकित्सक अवार्ड’बाट सम्मानित भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँमा आयोजित समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्वमन्त्री गगन थापा र पदम गिरी लगायतका विशिष्ट अतिथिले डा. साहलाई अवार्ड प्रदान गरेका थिए। 

Ncell
Extreme Energy

लोकसेवाबाट आठौँ तहमा नाम निकालेर स्वास्थ्य सेवामा औपचारिक रूपमा प्रवेश गरेका डा. साहले आफ्नो जन्मदिनकै दिन, २०७३ साल फागुन ११ गते पहिलोपटक कटारी अस्पतालमा पदबहाल गरेका थिए। त्यही दिनलाई उनले आफ्नो पेशागत यात्राको विशेष सुरुवातको रूपमा लिएका छन्।

स्नातकोत्तर अध्ययन विदा सकेर पुनः कटारी फर्किएका डा. साहको नेतृत्वमा १५ शैयाको नगर अस्पताल स्तरोन्नति भई अहिले ५० शैयाको कोशी प्रदेशको कान्छो प्रदेश अस्पतालमा परिणत भएको छ। उनको नेतृत्व र निरन्तर प्रतिबद्धताले कटारी अस्पताल प्रदेशमै नमूना अस्पतालका रूपमा स्थापित हुँदै गएको छ।

त्यसैगरी हेल्थ अवार्डको उत्कृष्ट नर्समा बैतडीकी अनमी जानकी पुजरा, उत्कृष्ट स्वास्थ्य अभियन्ताबाट जलन अभियन्ता उज्ज्वल बिक्रम थापा, उत्कृष्ट स्थानिय तहमा राप्ति गाँउपालिका, उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्तकमा शिला श्रेष्ठ, उत्कृष्ट अस्पतालमा कोल्टी आधारभूत अस्पताल र मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल (आयुर्वेद) उत्कृष्ट जनस्वास्थ्यकर्मीमा पर्वतका हरि प्रसाद भुसाल, उत्कृष्ट जनस्वास्थ्य निर्देशकमा कालिकोटका विनोद कुमार न्यौपाने र उत्कृष्ट स्वयमसेविकाको अवार्ड सर्लाहीकी सोना महतो सम्मानित भएकी छिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...