नेभिगेशन
सबै कुरा

मंसिर ७ मा दुर्गा प्रसाईँ भर्सेस महेश बस्नेत : दुई अराजकको स्वार्थको लडाईँ (भिडियाे ब्रिफिङ)

काठमाडौँ : मंसिर ७ गते काठमाडौँको माइतीघरमा नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा यस अघिनै गरिसकेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बस्नेतले एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ब्यानरमा कार्यक्रम गर्दै छन् भने प्रसाईँले वृहत नागरिक मुक्ति आन्दोलनको ब्यानरमा कार्यक्रम गर्दै छन् । 

यि दुवै समूहले सार्वजनिक गरेका कार्यक्रमको समय तालिका मात्रै होइन कतिपय एजेण्डाहरू पनि मिल्छन् । महङ्गी, कालोबजारी, भ्रष्टाचार लगायतका विषय यी दुवै समूहका साझा एजेण्डा भएपनि दुर्गा प्रसाईँको समूहले भने व्यवस्था नै परिवर्तन गर्ने हुङ्कार गरिरहेका छन् । प्रसाईँले नै गणतन्त्रको काम नभएको भन्दै हिन्दु राज्य सहित राजतन्त्र फर्काउने घोषणा गर्दै आएका छन् । 

यता महेश बस्नेत भने दुर्गा प्रसाईँ अराजकतावादी भएको भन्दै उनकै काउण्टरमा लागेका छन् । 

कुनै समय दुर्गा प्रसाईँ समेत एमालेमा भएका बेला साथी बनेका प्रसाईँ र महेश बस्नेत अहिले एक अर्का विरुद्ध खनिएका छन् । अहिले दुर्गा प्रसाईँले गर्ने कार्यक्रम बिथोल्न बस्नेतकै नेतृत्वमा युवा संघ तथा एमालेको कार्यकर्ता खटिन्छन् भने बस्नेतले आयोजना गर्ने कार्यक्रममा प्रसाईँका समूहका युवाहरू खटिन्छन् । 

केही समय अघि काठमाडौँको जमलस्थित एक होटलमा कार्यक्रम सकेर निस्किँदै गरेका प्रसाईँलाई युवा संघका कार्यकर्ताले मोसो छ्यापे । त्यसको काउण्टरमा झापामा महेश बस्नेत पुगेको कार्यक्रममा आएका गाडीमा प्रसाईँका कार्यकर्ताले आक्रमण गरे । 

आफू माथि मोसो छ्यापे पछिनै प्रसाईँले एमाले र महेश बस्नेतसँग आफ्नो लडाइँ सुरु भएको भनेका थिए । त्यसपछि प्रसाईँले एमालेका अध्यक्ष केपी शर्मा ओलीको विदेशका टेलिकममा लगानी रहेको भन्दै अभिव्यक्ति दिएपछि महेश बस्नेत समूहले नै प्रसाईँका विरुद्ध साइबर ब्युरोमा उजुरी हाले । प्रसाईँ साइबर ब्युरो धाए । 

त्यसको केही समय पछि महेश बस्नेतको एक महिलासँग बेड सीन सहितको टिकटक भिडियो भाइरल भयो । एक युट्युब च्यानलबाट भाइरल गराइएको उक्त भिडियो फेक भएको दाबी सहित महिलाले प्रहरीमा उजुरी हालेपछि अहिले मनोज मानव नाम गरेका युट्युबर प्रहरी हिरासतमा छन् । 

उक्त भिडियो दुर्गा प्रसाईँले भाइरल गराएको भन्ने बस्नेतको बुझाई छ । सोही कारणले बस्नेतले पनि आफूसँग पनि प्रसाईँका त्यस्ता सामाग्री भएको सार्वजनिक कार्यक्रमहरूमै भन्दै हिँडेका छन् । 

दुर्गा प्रसाईँ पनि के कम, एक कार्यक्रममा उनले आफूसँग महेश बस्नेतका धेरै अश्लिल भिडियो भएको भन्दै बोलेका छन् । यसरी अहिले एकले अर्कालाई खुइल्याउने रणनीतिमा प्रसाईँ  र बस्नेत लागेका छन् । यसको परिणाम स्वरुप दुई समुहले नै एकैदिन एकैठाँउमा कार्यक्रम गर्ने घोषणा गरेका छन् । 

जनताका नाममा प्रसाईँ र बस्नेतको व्यक्तिगत स्वार्थको लडाइँ 

मंसिर ७ मा बस्नेतले सरकारको कुशासन र भ्रष्टाचार विरुद्ध भने पनि उनको कार्यक्रमको मुख्य उद्देश्य दुर्गा प्रसाईँको कार्यक्रम बिथोल्ने मात्रै देखिन्छन् । त्यस्तै प्रसाईँले पनि मुक्तिको आन्दोलन भने पनि आफ्नो पक्षमा नागरिक भएको देखाएर बैंक तथा वित्तीय संस्था तर्साउन मात्रै खोजेको देखिन्छ । यहाँ दुवैको व्यक्तिगत स्वार्थ देखिन्छ । 

दुर्गा प्रसाईँले बैंक तथा वित्तीय संस्थाबाट पीडित बनेका जनतालाई मुक्ति दिलाउन भन्दै आन्दोलनको प्रचार गरेपनि उनको आन्दोलनले कसैको पनि ऋण मिनाहा हुने देखिँदैन । किनकी उनले कुनै नीतिगत प्रश्न उठाएका छैनन् । उनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्नु र आन्दोलनमा आउनु भन्दै ठाडो आदेश दिएका छन् । यसो भन्नुका पछि उनी आफैँ विभिन्न बैंकबाट ६ अर्ब ऋण लिनु र गत बैशाखदेखि किस्ता नतिर्नु हो। 

दुर्गा प्रसाईँ, विभिन्न बैकबाट लिएको ६ अर्ब भन्दा बढी ऋणको दबाबमा छन् । मेडिकल कलेज बनाएर विद्यार्थीबाट आउने शुल्कले तिर्ने योजनामा ऋण लिएका प्रसाईँ सरकारले कलेज चलाउनै नदिएपछि ऋण तिर्ने वातावरण नै नभएको भन्दै हिँडिरहेका छन् । देशको सबै बैङ्किङ प्रणाली केही व्यक्तिको हातमा पुगेको र उनीहरूका कारण सर्वसाधारणले आर्थिक मार खेपिरहेको भन्ने उनको दाबी केही हदसम्म सत्य भएपनि उनको अराजकताले सत्यतालाई ओझेलमा पार्ने गरेको छ । अहिले प्रसाईँले आन्दोलनका लागि गणतन्त्र फाल्नका लागि भन्दै आर्थिक सहयोग समेत उठाएका छन् । 

दुर्गा प्रसाईँको आन्दोलनले व्यवस्थालाई कत्ति असर गर्छ त्यो आगामी दिनमा देखिँदै जाला तर प्रसाईँको चर्चा भने निरन्तर बढिरहेको छ । अहिले बैंक र सहकारीको किस्ताले उठिबास भएकाहरू प्रसाईँको सम्पर्कमा पुग्न थालेका छन् । प्रसाईँ माथि लगानी गरेका बैंकहरूले प्रसाईँलाई ऋण तिर्न ताकेता गर्दा उल्टै धम्की खेप्नु पर्छ । अझ कतिपय बैँकले त प्रसाईँको भएको सम्पत्ति भन्दा बढी ऋण लगानी गरेका छन् । प्रसाईँले नै एक कार्यक्रममा बैंकले आफू उभिए ऋण दिन्छन् भनेका थिए । हो उनलाई लगानी गरेका केही बैँकले उनी उभिएकै भरमा ऋण दिएका छन्, जबकी धितो लिलाम गर्दा पनि उनीहरूको ऋण उठ्दैन । त्यसैले उनीहरू प्रसाईँलाई चिढ्याउने भन्दा फकाएर सावाँ फिर्ता गर्न चाहन्छन् तर प्रसाईँ बैंक तथा वित्तिय संस्थाको ज्यादतिबाट आजित भएकाहरूलाई सङ्गठित बनाएर हिँडेका छन् । यसले उनको लोकप्रियता त बढ्छ नै, उनले बोकेको व्यवस्था विरोध मुद्दालाई पनि बल पुर्याउँछ । 

महेश बस्नेत पनि कुनै नागरिकको लागि वा देश भ्रष्टाचारले डुबायो भनेर माइतीघरमा कार्यक्रममा गर्न जान लागेका पक्कै होइनन् । उनको दल नेकपा एमाले वा भनौँ पुराना कांग्रेस, माओवादी सहितका दल र तिनका नेताहरूको राजनीतिक भविष्यमाथि नै खतराका सङ्केतहरू देखिन थालेपछि आक्रामक भएर , अरुलाई गाली गरेर वा मुठभेड गरेरै भएपनि ओझेलमा पर्नु हुँदैन भनेर लागेका हुन् । 

दुर्गा प्रसाईँकै कार्यक्रम बिथोल्न किन खोजिरहेका छन् त रु यसको जवाफ सहज छ स् महेश बस्नेतको बोली, लगभग ओलीकै हो भनेर ।

झापामा दुर्गा प्रसाईँको बढ्दो लोकप्रियताले असर पुर्याउने भनेको केपी ओलीलाई नै हो । महेश बस्नेतको डर झापाबाट निरन्तर चुनाव जित्दै आएका ओलीलाई आगामी निर्वाचनमा प्रसाईँले कुनै पार्टीबाट वा स्वतन्त्र उठेपछि चुनाव प्रभावित पार्न सक्छन् भन्नेमा हो । हुन पनि अहिले महेश बस्नेत हरेक जसो कार्यक्रममा पुगेर स्वतन्त्र जितेका काठमाडौँका मेयर बालेन्द्र शाह, धरानका मेयर हर्क साङपाङ देखि राष्ट्रिय स्वतन्त्र पार्टीको विरोध गरेकै हुन्छन् । 

आवरणमा यि दुवैले जे भने पनि यि दुवैको आन्दोलन व्यक्तिगत स्वार्थ केन्द्रित छ ।

महेश बस्नेत पनि कुनै नागरिकका लागि वा देश भ्रष्टाचारले डुबायो भनेर माइतीघरमा कार्यक्रम गर्न जान लागेका पक्कै होइनन् । उनको दल नेकपा एमाले वा भनौँ पुराना कांग्रेस, माओवादी सहितका दल र तिनका नेताहरूको राजनीतिक भविष्यमा माथि नै खतराका सङ्केतहरू देखिन थालेपछि आक्रामक भएर , अरुलाई गाली गरेर वा मुठभेड गरेरै ओझेलमा पार्नु हुँदैन भनेर लागेका हुन् । 

सुरक्षा चुनौती : मंसिर ७ मा रोकिन सक्छन् प्रसाईँ र बस्नेतका कार्यक्रम 

एकै  दिन एकै ठाउँमा दुई समूहले उस्तै कार्यक्रम गर्न खोजेपछि उपत्यकामा सुरक्षा चुनौति थपिएको सुरक्षा निकायका अधिकारीहरूले विश्लेषण गरेका छन् । बस्नेत र प्रसाईँका पछिल्ला गतिविधि राजनीतिक भन्दा व्यक्तिगत दुश्मनी तहमा देखिएकाले मंसिर ७ गते उनीहरूको लडाइमा सर्वसाधारण पर्न सक्ने भन्दै सुरक्षा निकाय चनाखो बनेका छन् । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत यस विषयमा चासो राखेका छन् । 

बालुवाटार स्रोतका अनुसार शुक्रबार बालुवाटारमा प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालसँग  मंसिर ७ गते हुने भनिएका कार्यक्रमलाई लिएर सुरक्षाका विषयमा ब्रिफिङ मागिएको थियो । तीनै जनाले बस्नेत र प्रसाईँको राजनीतिक भन्दा बढी व्यक्तिगत दुश्मनी देखिएको भन्दै दुवै समूहलाई माइतीघर भेट नहुने वातावरण बनाउने तयारी रहेको प्रचण्डलाई जवाफ दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...