नेभिगेशन
सबै कुरा

मंसिर ७ मा दुर्गा प्रसाईँ भर्सेस महेश बस्नेत : दुई अराजकको स्वार्थको लडाईँ (भिडियाे ब्रिफिङ)

काठमाडौँ : मंसिर ७ गते काठमाडौँको माइतीघरमा नेकपा एमालेका नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा यस अघिनै गरिसकेका छन् । 


Dish Home
Global Ime Bank

बस्नेतले एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको ब्यानरमा कार्यक्रम गर्दै छन् भने प्रसाईँले वृहत नागरिक मुक्ति आन्दोलनको ब्यानरमा कार्यक्रम गर्दै छन् । 

यि दुवै समूहले सार्वजनिक गरेका कार्यक्रमको समय तालिका मात्रै होइन कतिपय एजेण्डाहरू पनि मिल्छन् । महङ्गी, कालोबजारी, भ्रष्टाचार लगायतका विषय यी दुवै समूहका साझा एजेण्डा भएपनि दुर्गा प्रसाईँको समूहले भने व्यवस्था नै परिवर्तन गर्ने हुङ्कार गरिरहेका छन् । प्रसाईँले नै गणतन्त्रको काम नभएको भन्दै हिन्दु राज्य सहित राजतन्त्र फर्काउने घोषणा गर्दै आएका छन् । 

यता महेश बस्नेत भने दुर्गा प्रसाईँ अराजकतावादी भएको भन्दै उनकै काउण्टरमा लागेका छन् । 

कुनै समय दुर्गा प्रसाईँ समेत एमालेमा भएका बेला साथी बनेका प्रसाईँ र महेश बस्नेत अहिले एक अर्का विरुद्ध खनिएका छन् । अहिले दुर्गा प्रसाईँले गर्ने कार्यक्रम बिथोल्न बस्नेतकै नेतृत्वमा युवा संघ तथा एमालेको कार्यकर्ता खटिन्छन् भने बस्नेतले आयोजना गर्ने कार्यक्रममा प्रसाईँका समूहका युवाहरू खटिन्छन् । 

केही समय अघि काठमाडौँको जमलस्थित एक होटलमा कार्यक्रम सकेर निस्किँदै गरेका प्रसाईँलाई युवा संघका कार्यकर्ताले मोसो छ्यापे । त्यसको काउण्टरमा झापामा महेश बस्नेत पुगेको कार्यक्रममा आएका गाडीमा प्रसाईँका कार्यकर्ताले आक्रमण गरे । 

आफू माथि मोसो छ्यापे पछिनै प्रसाईँले एमाले र महेश बस्नेतसँग आफ्नो लडाइँ सुरु भएको भनेका थिए । त्यसपछि प्रसाईँले एमालेका अध्यक्ष केपी शर्मा ओलीको विदेशका टेलिकममा लगानी रहेको भन्दै अभिव्यक्ति दिएपछि महेश बस्नेत समूहले नै प्रसाईँका विरुद्ध साइबर ब्युरोमा उजुरी हाले । प्रसाईँ साइबर ब्युरो धाए । 

त्यसको केही समय पछि महेश बस्नेतको एक महिलासँग बेड सीन सहितको टिकटक भिडियो भाइरल भयो । एक युट्युब च्यानलबाट भाइरल गराइएको उक्त भिडियो फेक भएको दाबी सहित महिलाले प्रहरीमा उजुरी हालेपछि अहिले मनोज मानव नाम गरेका युट्युबर प्रहरी हिरासतमा छन् । 

उक्त भिडियो दुर्गा प्रसाईँले भाइरल गराएको भन्ने बस्नेतको बुझाई छ । सोही कारणले बस्नेतले पनि आफूसँग पनि प्रसाईँका त्यस्ता सामाग्री भएको सार्वजनिक कार्यक्रमहरूमै भन्दै हिँडेका छन् । 

दुर्गा प्रसाईँ पनि के कम, एक कार्यक्रममा उनले आफूसँग महेश बस्नेतका धेरै अश्लिल भिडियो भएको भन्दै बोलेका छन् । यसरी अहिले एकले अर्कालाई खुइल्याउने रणनीतिमा प्रसाईँ  र बस्नेत लागेका छन् । यसको परिणाम स्वरुप दुई समुहले नै एकैदिन एकैठाँउमा कार्यक्रम गर्ने घोषणा गरेका छन् । 

जनताका नाममा प्रसाईँ र बस्नेतको व्यक्तिगत स्वार्थको लडाइँ 

मंसिर ७ मा बस्नेतले सरकारको कुशासन र भ्रष्टाचार विरुद्ध भने पनि उनको कार्यक्रमको मुख्य उद्देश्य दुर्गा प्रसाईँको कार्यक्रम बिथोल्ने मात्रै देखिन्छन् । त्यस्तै प्रसाईँले पनि मुक्तिको आन्दोलन भने पनि आफ्नो पक्षमा नागरिक भएको देखाएर बैंक तथा वित्तीय संस्था तर्साउन मात्रै खोजेको देखिन्छ । यहाँ दुवैको व्यक्तिगत स्वार्थ देखिन्छ । 

दुर्गा प्रसाईँले बैंक तथा वित्तीय संस्थाबाट पीडित बनेका जनतालाई मुक्ति दिलाउन भन्दै आन्दोलनको प्रचार गरेपनि उनको आन्दोलनले कसैको पनि ऋण मिनाहा हुने देखिँदैन । किनकी उनले कुनै नीतिगत प्रश्न उठाएका छैनन् । उनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्नु र आन्दोलनमा आउनु भन्दै ठाडो आदेश दिएका छन् । यसो भन्नुका पछि उनी आफैँ विभिन्न बैंकबाट ६ अर्ब ऋण लिनु र गत बैशाखदेखि किस्ता नतिर्नु हो। 

दुर्गा प्रसाईँ, विभिन्न बैकबाट लिएको ६ अर्ब भन्दा बढी ऋणको दबाबमा छन् । मेडिकल कलेज बनाएर विद्यार्थीबाट आउने शुल्कले तिर्ने योजनामा ऋण लिएका प्रसाईँ सरकारले कलेज चलाउनै नदिएपछि ऋण तिर्ने वातावरण नै नभएको भन्दै हिँडिरहेका छन् । देशको सबै बैङ्किङ प्रणाली केही व्यक्तिको हातमा पुगेको र उनीहरूका कारण सर्वसाधारणले आर्थिक मार खेपिरहेको भन्ने उनको दाबी केही हदसम्म सत्य भएपनि उनको अराजकताले सत्यतालाई ओझेलमा पार्ने गरेको छ । अहिले प्रसाईँले आन्दोलनका लागि गणतन्त्र फाल्नका लागि भन्दै आर्थिक सहयोग समेत उठाएका छन् । 

दुर्गा प्रसाईँको आन्दोलनले व्यवस्थालाई कत्ति असर गर्छ त्यो आगामी दिनमा देखिँदै जाला तर प्रसाईँको चर्चा भने निरन्तर बढिरहेको छ । अहिले बैंक र सहकारीको किस्ताले उठिबास भएकाहरू प्रसाईँको सम्पर्कमा पुग्न थालेका छन् । प्रसाईँ माथि लगानी गरेका बैंकहरूले प्रसाईँलाई ऋण तिर्न ताकेता गर्दा उल्टै धम्की खेप्नु पर्छ । अझ कतिपय बैँकले त प्रसाईँको भएको सम्पत्ति भन्दा बढी ऋण लगानी गरेका छन् । प्रसाईँले नै एक कार्यक्रममा बैंकले आफू उभिए ऋण दिन्छन् भनेका थिए । हो उनलाई लगानी गरेका केही बैँकले उनी उभिएकै भरमा ऋण दिएका छन्, जबकी धितो लिलाम गर्दा पनि उनीहरूको ऋण उठ्दैन । त्यसैले उनीहरू प्रसाईँलाई चिढ्याउने भन्दा फकाएर सावाँ फिर्ता गर्न चाहन्छन् तर प्रसाईँ बैंक तथा वित्तिय संस्थाको ज्यादतिबाट आजित भएकाहरूलाई सङ्गठित बनाएर हिँडेका छन् । यसले उनको लोकप्रियता त बढ्छ नै, उनले बोकेको व्यवस्था विरोध मुद्दालाई पनि बल पुर्याउँछ । 

महेश बस्नेत पनि कुनै नागरिकको लागि वा देश भ्रष्टाचारले डुबायो भनेर माइतीघरमा कार्यक्रममा गर्न जान लागेका पक्कै होइनन् । उनको दल नेकपा एमाले वा भनौँ पुराना कांग्रेस, माओवादी सहितका दल र तिनका नेताहरूको राजनीतिक भविष्यमाथि नै खतराका सङ्केतहरू देखिन थालेपछि आक्रामक भएर , अरुलाई गाली गरेर वा मुठभेड गरेरै भएपनि ओझेलमा पर्नु हुँदैन भनेर लागेका हुन् । 

दुर्गा प्रसाईँकै कार्यक्रम बिथोल्न किन खोजिरहेका छन् त रु यसको जवाफ सहज छ स् महेश बस्नेतको बोली, लगभग ओलीकै हो भनेर ।

झापामा दुर्गा प्रसाईँको बढ्दो लोकप्रियताले असर पुर्याउने भनेको केपी ओलीलाई नै हो । महेश बस्नेतको डर झापाबाट निरन्तर चुनाव जित्दै आएका ओलीलाई आगामी निर्वाचनमा प्रसाईँले कुनै पार्टीबाट वा स्वतन्त्र उठेपछि चुनाव प्रभावित पार्न सक्छन् भन्नेमा हो । हुन पनि अहिले महेश बस्नेत हरेक जसो कार्यक्रममा पुगेर स्वतन्त्र जितेका काठमाडौँका मेयर बालेन्द्र शाह, धरानका मेयर हर्क साङपाङ देखि राष्ट्रिय स्वतन्त्र पार्टीको विरोध गरेकै हुन्छन् । 

आवरणमा यि दुवैले जे भने पनि यि दुवैको आन्दोलन व्यक्तिगत स्वार्थ केन्द्रित छ ।

महेश बस्नेत पनि कुनै नागरिकका लागि वा देश भ्रष्टाचारले डुबायो भनेर माइतीघरमा कार्यक्रम गर्न जान लागेका पक्कै होइनन् । उनको दल नेकपा एमाले वा भनौँ पुराना कांग्रेस, माओवादी सहितका दल र तिनका नेताहरूको राजनीतिक भविष्यमा माथि नै खतराका सङ्केतहरू देखिन थालेपछि आक्रामक भएर , अरुलाई गाली गरेर वा मुठभेड गरेरै ओझेलमा पार्नु हुँदैन भनेर लागेका हुन् । 

सुरक्षा चुनौती : मंसिर ७ मा रोकिन सक्छन् प्रसाईँ र बस्नेतका कार्यक्रम 

एकै  दिन एकै ठाउँमा दुई समूहले उस्तै कार्यक्रम गर्न खोजेपछि उपत्यकामा सुरक्षा चुनौति थपिएको सुरक्षा निकायका अधिकारीहरूले विश्लेषण गरेका छन् । बस्नेत र प्रसाईँका पछिल्ला गतिविधि राजनीतिक भन्दा व्यक्तिगत दुश्मनी तहमा देखिएकाले मंसिर ७ गते उनीहरूको लडाइमा सर्वसाधारण पर्न सक्ने भन्दै सुरक्षा निकाय चनाखो बनेका छन् । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत यस विषयमा चासो राखेका छन् । 

बालुवाटार स्रोतका अनुसार शुक्रबार बालुवाटारमा प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालसँग  मंसिर ७ गते हुने भनिएका कार्यक्रमलाई लिएर सुरक्षाका विषयमा ब्रिफिङ मागिएको थियो । तीनै जनाले बस्नेत र प्रसाईँको राजनीतिक भन्दा बढी व्यक्तिगत दुश्मनी देखिएको भन्दै दुवै समूहलाई माइतीघर भेट नहुने वातावरण बनाउने तयारी रहेको प्रचण्डलाई जवाफ दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानका तीन न्युक्लियर साइटमा ७८ हजार किलोका ६ अमेरिकी बम खस्याे, त्यसपछि के भयाे ?

ईरानले पनि शत्रुहरूबाट आफ्नो न्युक्लियर साइटहरु फोर्डो, नताञ्ज र इस्फाहानमा आक्रमण भएको पुष्टि गरेको छ । तर, उसले आक्रमणबाट भएको क्षतिबारे स्पष्ट केही भनेको छैन् ।  तर, तेहरानबाट...
केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

केपी ओली–माधव नेपाल सम्बन्ध: विश्वासदेखि विघटनसम्म (भिडियाे रिपाेर्ट)

'राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन !', एमालेका वाचाल नेता, तत्कालीन महासचिव मदनकुमार भण्डारी बारम्बार यसो भनिरहन्थे। तिक्तता र शत्रुता भुलेर सङ्गठन र पार्टी निर्माणमा जुट्न एमाले नेताहरूलाई...
कर्णालीको मुद्दा सुनाउन काठमाडौँ आएका नवराज ‘भेडा’लाई सरकारको जुत्ता उपहार !

कर्णालीको मुद्दा सुनाउन काठमाडौँ आएका नवराज ‘भेडा’लाई सरकारको जुत्ता उपहार !

जुन कालोपत्रेमा हिँड्दा ठेस लाग्थ्यो, त्यो सडकमा भ्रष्टाचार भएको अनुभूति हुन्थ्यो भने जहाँ हिँड्दा चिल्लो, आनन्दित महसुस हुन्थ्यो, त्यहाँ राम्रो काम भएको अनुभूति हुने गरेको नवराज बताउँछन् ।
हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)

हातमा दुई थरी भिसा थमाउँदै दलालले भन्थे, –विमान चढेपछि भिजिट भिसा शौचालयमा हालिदिनु (भिडियो रिपोर्ट)

यस अघि आरोप लागेका गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिएर नैतिकता देखाउनु पर्ने बताउँदै आएका लेखक आफूमाथि आरोप लाग्दा भने न नैतिकता देखाए, न आफूमाथि छानबिन गर्न आँट देखाए...

भर्खरै