नेभिगेशन
मुख्य समाचार

लोमान्थाङको छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले वडा नं १ र २ जोड्ने छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण भइरहेको छ । गाउँपालिकाको वित्तीय समानीकरण बजेट विनियोजन गरी वडा नं १ र २ सहित झोङ गुफा र निफुक गुम्बा जोड्ने पक्की मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

पक्की पुल निर्माणका लागि गाउँपालिकाले गत माघ १० गते माछापुच्छे इञ्जिनियरिङ प्राइभेट लिमिटेडसँग रु ७८ लाख २० हजार आठ ३६ लागतमा ठेक्का सम्झौता गरेको थियो । आगामी माघ १० गतेसम्म पुल सम्पन्न गरिसक्नुपर्ने म्याद निर्धारण गरिएकाले तीव्रताका साथ काम भइरहेको गाउँपालिकाका सबइञ्जिनियर उदय तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार निर्माणाधीन पुलको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति २० प्रतिशत रहेको छ ।

आठ मिटर लम्बाइ र पाँच मिटर चौडाको पक्की पुल निर्माण भइरहेको बताउँदै तिमिल्सिनाले तोकिएको अवधिमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । पुलको दुईतर्फी फाउण्डेसन वालसहित ‘स्लाप’ ढलान अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । पुल सम्पन्न भएमा कोरलानाका अवलोकन गरी फर्किने पर्यटकलाई छोसेर न्हेचुङस्थित बिओपी क्याम्प तलबाट मानव निर्मित गुफा अवलोकन गर्न सहज हुने गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

पुन बनेपछि वर्षायाममा पनि सवारीसाधन ल्याएर यस क्षेत्रमा सहज तरिकाले पुग्न सकिने उनले बताए । पुल निर्माणले गाउँपालिका कार्यालय केन्द्रबाट वडा नं १ र २ लाई जोड्ने भएकाले स्थानीय नागरिकलाई आवतजावतमा सहज हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरेका छन् । लोमान्थाङ गाउँपालिका–१ र २ को छोसेर गाउँ नेपाल–चीन उत्तरी कोरलानाकाबाट १६ किमी दक्षिणमा पर्दछ । पछिल्लो समय झोङ गुफा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता

तराई/मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो । मन्त्री घिसिङले...
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...