नेभिगेशन
समाज

लोमान्थाङको छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण गरिँदै

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले वडा नं १ र २ जोड्ने छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण भइरहेको छ । गाउँपालिकाको वित्तीय समानीकरण बजेट विनियोजन गरी वडा नं १ र २ सहित झोङ गुफा र निफुक गुम्बा जोड्ने पक्की मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्की पुल निर्माणका लागि गाउँपालिकाले गत माघ १० गते माछापुच्छे इञ्जिनियरिङ प्राइभेट लिमिटेडसँग रु ७८ लाख २० हजार आठ ३६ लागतमा ठेक्का सम्झौता गरेको थियो । आगामी माघ १० गतेसम्म पुल सम्पन्न गरिसक्नुपर्ने म्याद निर्धारण गरिएकाले तीव्रताका साथ काम भइरहेको गाउँपालिकाका सबइञ्जिनियर उदय तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार निर्माणाधीन पुलको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति २० प्रतिशत रहेको छ ।

Ncell
Extreme Energy

आठ मिटर लम्बाइ र पाँच मिटर चौडाको पक्की पुल निर्माण भइरहेको बताउँदै तिमिल्सिनाले तोकिएको अवधिमा काम सम्पन्न हुने विश्वास व्यक्त गरे । पुलको दुईतर्फी फाउण्डेसन वालसहित ‘स्लाप’ ढलान अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । पुल सम्पन्न भएमा कोरलानाका अवलोकन गरी फर्किने पर्यटकलाई छोसेर न्हेचुङस्थित बिओपी क्याम्प तलबाट मानव निर्मित गुफा अवलोकन गर्न सहज हुने गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

पुन बनेपछि वर्षायाममा पनि सवारीसाधन ल्याएर यस क्षेत्रमा सहज तरिकाले पुग्न सकिने उनले बताए । पुल निर्माणले गाउँपालिका कार्यालय केन्द्रबाट वडा नं १ र २ लाई जोड्ने भएकाले स्थानीय नागरिकलाई आवतजावतमा सहज हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरेका छन् । लोमान्थाङ गाउँपालिका–१ र २ को छोसेर गाउँ नेपाल–चीन उत्तरी कोरलानाकाबाट १६ किमी दक्षिणमा पर्दछ । पछिल्लो समय झोङ गुफा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...