नेभिगेशन
मुख्य समाचार

रामहरि खतिवडाको नियुक्ति तत्काल स्थगित गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रामहरि खतिवडालाई संसदीय सुनुवाई समितिको सभापतिमा नियुक्त गरिएकोमा असन्तुष्टि जनाएको छ । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति जस्तो पदमा नियुक्त गर्दा संसदकै नैतिक आचरणप्रति प्रश्न खडा भएको उल्लेख गरेका छन् ।

रामहरि खतिवडा प्रतिनिघिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदमा कार्यरत रहँदा  ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीबारे संसदीय छानबिन प्रतिवेदनले दोषी देखिएका थिए । उनलाई कारवाहीका लागि सिफारिस भएपश्चात् उनले सो पदबाट राजीनामा दिएका थिए । 

City Express

‘सार्वभौम कानुन निर्माण जस्तो संवेदनशील विषयमा गैरकानुनी रुपमा प्रत्यक्ष संलग्न भई नैतिक संकटमा परी राजीनामा दिनुपरेको व्यक्तिलाई अहिले पुनः संसदीय सुनुवाइ समितिको सभापति जस्तो अझ महत्वपूर्ण पदमा नियुक्त्र गर्ने प्रक्रियाले संसदकै नैतिक आचरणप्रति प्रश्न खडा गरेको छ ।’ पत्रमा भनिएको छ । 

विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसदको गरिमा मात्र नभई सम्पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुगेको भन्दै खतिवडाको नियुक्ति तत्काल स्थगित गर्न रास्वपाले माग गरेको छ । 
180bca38-acee-4e7a-9e55-bc2b7c29694b-1757077745.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टिकटकमा नेपो बेबीज ट्रेण्डः नेताका छोराछोरीको ‘हाइफाइ लाइफ’को स्रोतमाथि प्रश्न

टिकटकमा नेपो बेबीज ट्रेण्डः नेताका छोराछोरीको ‘हाइफाइ लाइफ’को स्रोतमाथि प्रश्न

‘कहाँ गयो हामीले तिरेको कर ?’ ,‘हामीले तिरेको करमा नेता र उच्च पदस्थका छोराछोरीको मोज’ जस्ता शीर्षकको खुला अभियानले २३ गते सोमबारका लागि देशव्यापी आन्दोलन घोषणा गरेको टिकटकमा...
लोमान्थाङको छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण गरिँदै

लोमान्थाङको छोर्तेनछोमा तीव्रताका साथ पुल निर्माण गरिँदै

पक्की पुल निर्माणका लागि गाउँपालिकाले गत माघ १० गते माछापुच्छे इञ्जिनियरिङ प्राइभेट लिमिटेडसँग रु ७८ लाख २० हजार आठ ३६ लागतमा ठेक्का सम्झौता गरेको थियो । आगामी माघ...
एमालेको सङ्गठित सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि

एमालेको सङ्गठित सदस्य सङ्ख्या ३० प्रतिशतले वृद्धि

उनका अनुसार अहिले छ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य सङ्ख्या छ । एक लाख ५० हजार सदस्यहरु सङ्गठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताए । पार्टीका...
कुलिङ पिरियडमा लिखत किर्ते गरेका रामहरि न्यायाधीश छान्ने समितिको सभापति

कुलिङ पिरियडमा लिखत किर्ते गरेका रामहरि न्यायाधीश छान्ने समितिको सभापति

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद छन् ।

भर्खरै