नेभिगेशन
मुख्य समाचार

एमाले विधान महाधिवेशनः आज प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनको आज दोस्रो पनि जारी रहनेछ । 

ललितपुर, गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन पनि हिजो बाँकी रहेका प्रतिवेदनको प्रस्तुतीकरण हुने छ । अहिले बिहान ८ः०० बजेदेखि महाधिवेशनको सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  

City Express

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् । 

महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आजै प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुने उनले बताए । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । 

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ । महाधिवेशन भोलि आइतबारसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
व्यक्तिले गरेका गल्तीको पार्टीले जिम्मा लिँदैन, जस्ले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ : गगन थापा

व्यक्तिले गरेका गल्तीको पार्टीले जिम्मा लिँदैन, जस्ले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ : गगन थापा

उनले भने, “कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नहरनु ठूलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा...
सरकारको अवरोधका कारण आजको शृङ्खला प्रसारण गर्न सकेनौँ -हेर्ने कथा

सरकारको अवरोधका कारण आजको शृङ्खला प्रसारण गर्न सकेनौँ -हेर्ने कथा

'नेपाल सरकारले युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोगमा अवरोध गरेका कारण, आज साँझ ७ बजे हेर्ने कथाको युट्युब च्यानलमा प्रसारण गर्न तय भएको टुसाको कथा हाल प्रसारण गर्न...
एक महिनादेखि इकोको पहिरोमा कैद अरनिको राजमार्ग (तस्बिरहरु)

एक महिनादेखि इकोको पहिरोमा कैद अरनिको राजमार्ग (तस्बिरहरु)

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, इको क्षेत्रमा साउन १८ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । बीचमा करिब चार दिन...
मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैनः देउवा

मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैनः देउवा

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्ने बारे कुनै कुरा नभएको बताएका हुन् । देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी...