नेभिगेशन
मुख्य समाचार

मन्त्रिमण्डल पुनर्गठनको सम्भावना छैनः देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । 

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्ने बारे कुनै कुरा नभएको बताएका हुन् । देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी गरे ।

उनले संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने बताए । दुई–तिहाइ बहुमत आवश्यक भएकाले कार्यदलमार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

सामाजिक सञ्जालसम्बन्धी विवादबारे उनले अदालतको निर्णयअनुसार प्रक्रिया अनुसार दर्ता मात्र गराउन खोजेको धारणा राखे ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किएको बारे सोधिएको प्रश्नमा सभापति देउबाले संविधानले यस बारे कुनै कुरा नबोलेको बताए । कांग्रेस पार्टीको महाधिवेशनको मिति केन्द्रिय समितिले तोक्ने समयमा नै तोक्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...