नेभिगेशन
मुख्य समाचार

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, कुनै पनि हालतमा स्वीकार्य छैन्ः विवेकशील साझा

काठमाण्डौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णंय प्रति विवेकशील साझा पार्टीले सुझाब सहितको आक्रोषपूर्ण विज्ञप्ती जारी गरेको छ ।

दैनिक जीवनको अभिन्न अंगकै रुपमा अभ्यासमा आईरहेको कतिपय सामाजिक सञ्जालहरुलाई बन्द गर्ने भनी नेपाल सरकारले गरेको निर्णयप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको  र नागरिकको अभिब्यक्ति स्वतन्त्रताको अंग बन्दै गईरहेको सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णयले प्रयोगकर्ताहरुमा मात्र होईन सिंगो लोकतान्त्रिक शासन व्यवस्थाको मर्म, कानुनी ब्यवस्था र मानव अधिकारको मूल्यमान्यता विपरीत भएको विवेकशील साझा पार्टीको ठम्याई रहेको पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जुन सुकै सेवाप्रदायक संस्थालाई सेवा सञ्चालन गर्नुपूर्व नै कानूनी रुपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने गराउने दायित्व, कर्तव्य र अधिकार सरकारको रहनेमा दुई मत छैन । तर नियमन र व्यवस्थित गर्ने सवाललाई अगाडि नबढाई लामो समयदेखि सञ्चालनमा रहेका सरकारकै कतिपय निकायमा दर्ता, सूचिकरण भएका र आमनागरिकको अभिव्यक्ति र सञ्चारको जीवनशैली नै बनिसकेको सामाजिक सञ्जालहरु नियन्त्रण गर्दै, बन्द नै गर्ने निर्णय कुनै पनि हालतमा स्वीकार्य हुन नस्कने विवेकशील साझा पार्टी विज्ञप्ती मार्फत आफ्नो धारणा व्यक्त गरेको छ ।

त्यस्तै, सरकारको यो कार्य नेपालको संविधानले व्यवस्था गरेको सञ्चारको हक (धारा १९), अभिव्यक्ति स्वतन्त्रताको हक (धारा १७) , सूचनाको हक (धारा २७) जस्ता मौलिक हकहरुलाई सङ्कुचन गर्ने नियत र मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ मा उल्लेख गरिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रतिकूल समेत हुन जाने विवेकशील साझा पार्टीले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यस्तै पार्टीले विज्ञप्ती जारी गर्दै सञ्जाल बन्द गर्न भनि सरकारले गरेको निर्णयलाई अविलम्ब फिर्ता लिई सामाजिक सञ्जालहरु नियमन र व्यवस्थापनका लागि स्वतन्त्रता मैत्री विशेष उपाय अवलम्बन गर्न समेत सरकार संग आग्रह गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...