नेभिगेशन
समाज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, कुनै पनि हालतमा स्वीकार्य छैन्ः विवेकशील साझा

काठमाण्डौँ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णंय प्रति विवेकशील साझा पार्टीले सुझाब सहितको आक्रोषपूर्ण विज्ञप्ती जारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दैनिक जीवनको अभिन्न अंगकै रुपमा अभ्यासमा आईरहेको कतिपय सामाजिक सञ्जालहरुलाई बन्द गर्ने भनी नेपाल सरकारले गरेको निर्णयप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको  र नागरिकको अभिब्यक्ति स्वतन्त्रताको अंग बन्दै गईरहेको सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णयले प्रयोगकर्ताहरुमा मात्र होईन सिंगो लोकतान्त्रिक शासन व्यवस्थाको मर्म, कानुनी ब्यवस्था र मानव अधिकारको मूल्यमान्यता विपरीत भएको विवेकशील साझा पार्टीको ठम्याई रहेको पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Ncell
Extreme Energy

जुन सुकै सेवाप्रदायक संस्थालाई सेवा सञ्चालन गर्नुपूर्व नै कानूनी रुपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने गराउने दायित्व, कर्तव्य र अधिकार सरकारको रहनेमा दुई मत छैन । तर नियमन र व्यवस्थित गर्ने सवाललाई अगाडि नबढाई लामो समयदेखि सञ्चालनमा रहेका सरकारकै कतिपय निकायमा दर्ता, सूचिकरण भएका र आमनागरिकको अभिव्यक्ति र सञ्चारको जीवनशैली नै बनिसकेको सामाजिक सञ्जालहरु नियन्त्रण गर्दै, बन्द नै गर्ने निर्णय कुनै पनि हालतमा स्वीकार्य हुन नस्कने विवेकशील साझा पार्टी विज्ञप्ती मार्फत आफ्नो धारणा व्यक्त गरेको छ ।

त्यस्तै, सरकारको यो कार्य नेपालको संविधानले व्यवस्था गरेको सञ्चारको हक (धारा १९), अभिव्यक्ति स्वतन्त्रताको हक (धारा १७) , सूचनाको हक (धारा २७) जस्ता मौलिक हकहरुलाई सङ्कुचन गर्ने नियत र मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ मा उल्लेख गरिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रतिकूल समेत हुन जाने विवेकशील साझा पार्टीले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यस्तै पार्टीले विज्ञप्ती जारी गर्दै सञ्जाल बन्द गर्न भनि सरकारले गरेको निर्णयलाई अविलम्ब फिर्ता लिई सामाजिक सञ्जालहरु नियमन र व्यवस्थापनका लागि स्वतन्त्रता मैत्री विशेष उपाय अवलम्बन गर्न समेत सरकार संग आग्रह गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।
उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

उखु किसानलाई डेढ अर्ब अनुदान दिन कृषिमन्त्री चौधरीले स्वीकृत गरिन् कार्यविधि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेकी छिन् ।
कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

कांग्रेसको १५ औँ महाधिवेशन : मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...

भर्खरै