नेभिगेशन
मुख्य समाचार

द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढि नयाँ उजुरी प्राप्त

काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढि नयाँ उजुरी प्राप्त भएको जनाकारी दिएको छ ।

आयोगले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि काबु बाहिरको परिस्थिति र जवरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासंगसम्बन्धीत उजुरी माग गर्दा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको जनाएको हो । बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरि उजुरी माग गरेको थियो ।

सो अवधिमा आयोगमा ५ हजार ४ सय ७१, जिल्लाबाट प्राप्त भएको उजुरी ५ हजार ८ सय ८, जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी ३ हजार ९ सय १२ रहेको आयोगका सदस्य एवं प्रवक्ता अच्युत प्रसाद भण्डारीले जानकारी दिए । यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी ३ सय १४ उजुरी मात्र दर्ता भएको थियो । सवैभन्दा बढि जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए । उनले नयाँ र पुरानो गरि हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको जानकारी दिएका हुन ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष महेश थापाले जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी यसअघिको भन्दा धेरै परेको बताए । पीडितहरुको गोपनीयतालाई ध्यानमा राखेर आयोगले कामकारवाहीलाई अघि बढाउने उनले बताए । अध्यक्ष थापाले पहिलो दुई बर्षभित्रमा सवै मुद्दाहरुको सत्य छानविन गर्ने र अरु प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

उनले आयोगलाई आवश्यक स्रोत साधन प्रयाप्त भए चारबर्षभित्र सवै काम टुङ्गो लगाइने धारणा व्यक्त गरे । आयोगले २०५२ साल फागुन २ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्मका घटनाहरुमा मात्रै आयोगसमक्ष उजुरी दिन पाइने व्यवस्था गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।
घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु...
कोशी र गण्डकी प्रदेशमा हल्का वर्षारहिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशमा हल्का वर्षारहिमपातको सम्भावना

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।