नेभिगेशन
समाज

द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढि नयाँ उजुरी प्राप्त

काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाका थप १५ हजार भन्दा बढि नयाँ उजुरी प्राप्त भएको जनाकारी दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि काबु बाहिरको परिस्थिति र जवरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासंगसम्बन्धीत उजुरी माग गर्दा १५ हजार १ सय ९१ नयाँ उजुरी प्राप्त भएको जनाएको हो । बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ बमोजिम आयोगले ३ महिने सार्वजनिक सूचना जारी गरि उजुरी माग गरेको थियो ।

Ncell
Extreme Energy

सो अवधिमा आयोगमा ५ हजार ४ सय ७१, जिल्लाबाट प्राप्त भएको उजुरी ५ हजार ८ सय ८, जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी ३ हजार ९ सय १२ रहेको आयोगका सदस्य एवं प्रवक्ता अच्युत प्रसाद भण्डारीले जानकारी दिए । यसअघि जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी ३ सय १४ उजुरी मात्र दर्ता भएको थियो । सवैभन्दा बढि जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए । उनले नयाँ र पुरानो गरि हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको जानकारी दिएका हुन ।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष महेश थापाले जबरजस्ती करणी वा यौनजन्य हिंसा सम्बन्धी उजुरी यसअघिको भन्दा धेरै परेको बताए । पीडितहरुको गोपनीयतालाई ध्यानमा राखेर आयोगले कामकारवाहीलाई अघि बढाउने उनले बताए । अध्यक्ष थापाले पहिलो दुई बर्षभित्रमा सवै मुद्दाहरुको सत्य छानविन गर्ने र अरु प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

उनले आयोगलाई आवश्यक स्रोत साधन प्रयाप्त भए चारबर्षभित्र सवै काम टुङ्गो लगाइने धारणा व्यक्त गरे । आयोगले २०५२ साल फागुन २ गतेदेखि २०६३ साल मंसिर ५ गतेसम्मका घटनाहरुमा मात्रै आयोगसमक्ष उजुरी दिन पाइने व्यवस्था गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...