नेभिगेशन
समाज

जेनजीमाथि दमनको जिम्मा लिएर प्रधानमन्त्रीले पद छाड, कांग्रेसले सरकारः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब पद छाड्न भनेका छन् । साथै कांग्रेस एकदिन पनि सरकारमा बस्न नहुने बताएका छन् । मंगलबार बिहान सामाजिक सन्जालमा लेख्दै महामन्त्री थापाले सोमबारको जेनजी आन्दोलनको दमनको जिम्मा लिँदै पद छाड्नु पर्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ,’ थापाले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।’ 

Ncell
Extreme Energy

उनले अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुदैन भन्दै  रहन नसक्ने बताएका छन्। ‘नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।