नेभिगेशन
मुख्य समाचार

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

काभ्रेपलाञ्चोक । काठमाडौँ उपत्यकाको पूर्वीनाका काभ्रेको साँगामा यातायातका साधानलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ । आज बिहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपछि साँगा–नाकाबाट यातायातका साधनलाई रोक लगाइएको हो ।

अरनिको, बिपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोक हुँदै उपत्यका प्रवेश गर्ने सवारीसाधानलाई साँगामा ‘होल्ड’ गर्दै फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेख–काठमाडौँ र पनौती–काठमाडौँ रुटका सार्वजनिक तथा निजी सवारीलाई साँगामै रोकिएको कार्यालयका प्रमुख सुनिल धाँजूले बताए । उनका अनुसार वैकल्पिक सडकबाट पनि उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधानलाई जिल्लाका विभिन्न स्थानमा रोकिएको छ । 

उपत्यका जाने लामो दूरीका मध्यपहाडी क्षेत्र सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकबाट बिहानै आएका सार्वजनिक यातायातलाई काभ्रेपलाञ्चोकका विभिन्न ‘चेकपोष्ट’मा ‘होल्ड’ गरिएको धाँजूले जानकारी दिए। अरनिको र बिपी राजमार्गबाट काभ्रेपलाञ्चोक हुँदै दैनिक करिब एक हजार सार्वजनिक यातायात साथ आवतजावत गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि प्रतिगमन बिरुद्ध आज जनप्रदर्शन गरेको छ। सो र्याली भृकुटीमण्डपबाट सुरू भई भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप...
मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।
घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु...