नेभिगेशन
समाज

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

काभ्रेपलाञ्चोक । काठमाडौँ उपत्यकाको पूर्वीनाका काभ्रेको साँगामा यातायातका साधानलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ । आज बिहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौँ र ललितपुरले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपछि साँगा–नाकाबाट यातायातका साधनलाई रोक लगाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अरनिको, बिपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोक हुँदै उपत्यका प्रवेश गर्ने सवारीसाधानलाई साँगामा ‘होल्ड’ गर्दै फर्काइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेख–काठमाडौँ र पनौती–काठमाडौँ रुटका सार्वजनिक तथा निजी सवारीलाई साँगामै रोकिएको कार्यालयका प्रमुख सुनिल धाँजूले बताए । उनका अनुसार वैकल्पिक सडकबाट पनि उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधानलाई जिल्लाका विभिन्न स्थानमा रोकिएको छ । 

Ncell
Extreme Energy

उपत्यका जाने लामो दूरीका मध्यपहाडी क्षेत्र सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकबाट बिहानै आएका सार्वजनिक यातायातलाई काभ्रेपलाञ्चोकका विभिन्न ‘चेकपोष्ट’मा ‘होल्ड’ गरिएको धाँजूले जानकारी दिए। अरनिको र बिपी राजमार्गबाट काभ्रेपलाञ्चोक हुँदै दैनिक करिब एक हजार सार्वजनिक यातायात साथ आवतजावत गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।