नेभिगेशन
खेलका कुरा

भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया बन्यो छैठौंपटक विश्व च्याम्पियन

काठमाडौं । अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य पूरा गर्योे । अष्ट्रेलियाका लागि ट्राविस हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए ।

Ncell
Extreme Energy

यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको खेल्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

 भारत तेस्रोपटक र अस्ट्रेलिया छैटौँपटक विश्वकप जित्ने प्रयाशमा रहेका थिए । अस्ट्रेलियाले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने जिम्मा दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोड्यो ।

भारतका लागि केएल राहुलले ६६ र विराट कोहलीले ५४ रन बनाएका थिए । हरेक चार वर्षमा आयोजना हुने एकदिवशीय विश्वकप अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप खेलका कुरा
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...