नेभिगेशन
समाज

पोखरामा आज साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज बिहान ११ः०० देखि साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ । जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार पोखरा क्षेत्रमा लागू हुनेगरी सो आदेश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुने, धर्ना, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यस अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी सञ्चालन गर्न पाइनेछ ।

Ncell
Extreme Energy

साथै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । पोखरामा जेनजी प्रदर्शनका क्रममा गत मङ्गलबार दुई जनाको आगजनीमा परेर मृत्यु भएको पुष्टि भएको छ । यसैगरी, प्रदर्शनकारीले तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी गरेर क्षति पुर्याएका छन् । 

बागलुङमा अनिश्चितकालीन निषेधाज्ञा
    
यसैगरी, जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अर्को आदेश नआउञ्जेलसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । 

बागलुङ नगरपालिका–१, २, ३ र ४ भित्रका सबै क्षेत्र, गलकोट नगरपालिका–३, ५ र ६, जैमिनी नगरपालिका–१, ढोरपाटन नगरपालिका–१, २ र ३ र बडिगाड गाउँपालिकाको मध्यपहाडी लोकमार्ग आसपासमा निषेधाज्ञा जारी गरिएको प्रजिअ गुरुङले जानकारी दिए । 

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला गर्न वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने र गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुनबमोजिम कारबाही हुने उनले उल्लेख गरे । 

जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान १० देखि आज बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा थप आन्दोलन हुन सक्ने भन्दै आज पनि निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...