नेभिगेशन
मुख्य समाचार

इन्द्रजात्रा पर्व समापन

काठमाडौँ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व समापन भएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको लिङ्गो बिहीबार अपरान्ह ढालेसँगै जात्रा समापन भएको हो । देशको पछिल्लो अवस्थाका कारण क्षमापूजा गरि छिटै लिङ्गो ढालेर जात्रा समापन गरिएको हो । इन्द्रजात्राको अन्तिम दिन कुमारी, गणेश र भैरवसहितको रथयात्रा गरिने परम्परा रहेपनि यस बर्ष रथयात्रा हुन सकेन ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन ।
लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

किसानहरूले अन्नबाली घर भित्रयाएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी) कुल देवतालाई चढाउने कार्यलाई लिम्बू समुदायहरुले चासोक भन्ने गर्दछ ।
जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

जेन–जी आन्दोलनमा संलग्न ४२९ पक्राउ, १६८ मुद्दा दर्ता

पक्राउ परेका केही धरौटीमा छुटेका छन् भने केही पुर्पक्षका लागि जेल चलान भएका छन् ।
बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि

त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो सम्स्करण क्रिकेट प्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स...