नेभिगेशन
समाज

सञ्जय टकलासहित १८ कैदीबन्दी पक्राउ

काभ्रेपलाञ्चोक । नक्खु कारगारबाट भागेका १८ कैदीबन्दीलाई आज काभ्रेपलाञ्चोकको मङ्गलटारबाट पक्राउ गरिएको छ । कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ जनालाई भाग्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरी टोलीले विपी राजमार्गअन्तर्गत भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

Ncell
Extreme Energy

टकलाले जनकपुर बम काण्डमा दोषी ठहर, सञ्चार उद्यामीको हत्या र अकुत सम्पत्तिको मुद्दामा सजाय भुक्तान गरिरहेका थिए । पक्राउ गरिएका सबैलाई आजै नख्खु कारगार नै पठाउने तयारी भइरहेको कुँवरले बताए । अन्य कारागारबाट फरार भइ काभ्रेपलाञ्चोक हुँदै भाग्दै गरेकालाई अरनिको र विपी राजमार्गमा विशेष निगरानी गरिरहेको जिल्लास्थित प्रहरीले जनाएको छ । 

यसअघि बुधबार सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेको थिए । अन्य स्थानका कारगारबाट कैदीबन्दी भागेपछि आफूहरुलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो । २८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना,  नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँमा मौसम सामान्यतया सफा रहने अनुमान, भारी वर्षाको सम्भावना छैन

दसैँको मौसमबारे चासो बढिरहेका बेला आगामी दिनमा मौसम सामान्यतया राम्रो रहने अनुमान गरिएको छ।
कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ।
किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक?

मन्त्रिपरिषद् बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने भएको छ।