नेभिगेशन
समाज

'जेनजीका मागमा पूर्ण समर्थन छ,संविधानबाटै समाधान निकालौँ': डा.शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले जेनजीले उठाएका मागप्रति आफ्नो पूर्ण समर्थन रहेको भन्दै संविधान भित्रबाटै मागहरुको समाधान हुन सक्ने बताएका छन् । एक विज्ञप्ती जारी गर्दै डा कोइरालाले जेनजीका भ्रष्टाचार र बेथिति सम्बन्धी न्यायोचित मागहरू संविधानभित्रैबाट समाधान हुन सक्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भनेका छन्,'जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्न सकिनेमा मेरो दृढ विश्वास छ।'करिब ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्न अपिल गर्दछु,' डा शशांकले विज्ञप्तीमा भनेका छन् ।

Ncell
Extreme Energy

 डा.कोइरालाले भनेका छन्, ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी युवाहरूले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन जाहेर गरेका छन् । 'जहानीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु' ।
यस्तो छ डा कोइरालाले जारी गरेको विज्ञप्तीः

546851700_1348065950221381_7354643490975171999_n-1757607227.jpg
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...