नेभिगेशन
मुख्य समाचार

आजबाट चाडपर्व लक्षित सहुलियत पसल सुरु

काठमाडौँ । सरकारले आजबाट चाडपर्व लक्षित दसैँ तिहार सहुलियत पसल सुरु गरेको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयबाट सहुलियत पसल सुरु भएको हो । भाद्र २३, २४ गते भएको जेनजी आन्दोलन र त्यसको प्रभावका यस वर्ष भने कम्पनीले तामझाम बिना नै बिक्री वितरण सुरु गरेको हो । 

अहिले थापाथलीस्थित प्रादेशिक कार्यालयबाट ५१ प्रकारको खाद्यान्न बिक्रीमा राखिएको प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन् । यस वर्ष मसलाजन्य वस्तुहरू समेत बिक्रीमा राखिएको उनले जानकारी दिइन् । चामल, गहुँ, दाल र केराउमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको र चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिएको उनले जानकारी दिइन् ।

CG

चिउरा, आटा, पिठो, धनियाँ, मसलहरुमा प्रतिकेजी ७ र तेल पनि ७ रुपैयाँ सम्म छुट दिएको छ । सिमी, फापर, चिनो, कागुनो, उवा, मार्सी र बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ । यस कार्यालय अन्तर्गत रहेर रामशाह पथ, नख्खु, र दक्षिणकाली बिक्री कक्ष बिक्री सुरु गरिएको प्रमुख राजवंशीले बताइन् ।

Sahuliyat-pasal_sidhakura-3-1757931331.jpg

Sahuliyat-pasal_sidhakura-2-1757931331.jpg

Sahuliyat-pasal_sidhakura-9-1757931329.jpg

Sahuliyat-pasal_sidhakura-8-1757931330.jpg

Sahuliyat-pasal_sidhakura-7-1757931330.jpg

Sahuliyat-pasal_sidhakura-6-1757931330.jpg

Sahuliyat-pasal_sidhakura-5-1757931330.jpg

Sahuliyat-pasal_sidhakura-4-1757931330.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

‘इपिएस’ परीक्षा पास गरेकाहरुका लागि श्रम मन्त्रालयले गरेको तीन निर्णय के के हुन् ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर रोजगारी प्राप्त गर्न नसकेका...
जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

जेनजी सहिद योगबहादुरः २३ गते नै लागेको थियो गोली, परिवारले २५ गते मात्रै भेटे शव

गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गरे। फोन उठे पनि तर त्यो...
अपडेटः शङ्खरापुर बस दुर्घटनामा मृतक संख्या ५ पुग्यो

अपडेटः शङ्खरापुर बस दुर्घटनामा मृतक संख्या ५ पुग्यो

यसअघि बाँकेको कोहलपुर घर भई बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ बस्ने  ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति...
शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

शङ्खरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते, मृतक तीनको पहिचान खुल्यो

मृत्यु हुनेमा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको पहिचान खुलेको र अन्य एक जनाको...