नेभिगेशन
समाज

‘बर्थिङ सेन्टर’ पुग्न दुई घण्टाको पैदल हिड्नुपर्ने बाध्यता

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी क्षेत्रका गर्भवती नजिकमा प्रसूति सेवासहितको स्वास्थ्य संस्था नहुँदा घरमा नै सुत्केरी हुन बाध्य छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा ‘बर्थिङ सेन्टर’ रहेको भए पनि जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने भएकाले सेवा पाउन मुस्किल पर्छ । बर्थिङ सेन्टर पुग्न दुई घण्टाको पैदल जानुपर्ने भएकाले घरमै सुत्केरी हुनुको विकल्प नरहेको स्थानीय बताउँछन् । गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्ने सरकारी मान्यता भए पनि यस क्षेत्रमा लागू हुन सकेको छैन । यातायातको सहज पहुँच नहुँदा गर्भवतीलाई ‘स्टेचर’मा बोकेर स्वास्थ्य संस्थामा पुगाउनुपर्ने बाध्यता छ । 

Ncell
Extreme Energy

कतिपय गर्भवती बाटोमा नै सुत्केरी भएर फर्काउन बाध्य भएको स्वास्थ्य स्वयंसेविका विमला बमले जानकारी दिइन । “केहीलेकाँही नवजातशिशुहरु बाटोमा नै जन्मिएका छन्, बाध्यता छ के गर्नु गाउँमा बर्थिङ सेन्टर छैन,” उनले भनिन्, “बर्थिङ सेन्टर पुग्न दुई घण्टा पैदल जार्नुपर्छ  यातायातको सुविधा छैन ।” 

सरकारले घरमा सुत्केरी हुने दर शून्यमा अभियान चलाएको छ । नियमित चारपटक गर्भजाँच गर्नुपर्ने र त्योबापत रु ७०० समेत दिने व्यवस्था गरेको छ । सुत्केरी स्वास्थ्य संस्थामा गराएबापत रु तीन हजार यातायात खर्चस्वरुप पाउने प्रावधान पनि छ । तर यसक्षेत्रका गर्भवतीहरु स्वास्थ्य संस्थामा सुत्केरी हुन नै पाएका छैनन् ।

“कच्ची सडक छ हिउँदमा त एम्बुलेन्स आउँछ जसोतसो स्वास्थ्य संस्थामा पुगिन्छ ।” यहाँका स्थानीय रेखा विकले भने, “नियमित चेकजाँचका पनि हामीले दुई घण्टा पैदल जानुपर्छ ।” उक्त बस्तीमा गाउँघर क्लिनिक स्थापना गरिएको छ । उक्त क्लिनिकमा एक जना अनमी, अहेब र एक जना कार्यालय सहयोगी छन् । क्लिनिकमा कार्यरत अनमी ममता महता सुत्केरी बिदामा गएपछि पुनः हाजिर हुनुभएको छैन । उनले काज मिलाएर अन्तै गएपछि यसक्षेत्रका बालबालिकालाई खोप र भिटामिन खुवाउन समेत समस्या भएको छ । अहिले खोप र भिटामिनका लागि ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एक पटक अनमी आएर सेवा दिने गरेको गाउँघर क्लिनिकमा अहेब नारायण बोहराले जानकारी दिए । 

“यहाँ बाटोको समस्या छ, सुत्केरी हुन स्टेचरमा बोकेर पाँच किलोमिटर टाढा लग्नुपर्ने बाध्यता छ,” बोहराले भने, “यहाँ त खानेपानीको सुविधा समेत छैन म घरबाट पानी बोकेर आउँछु ।” उनका अनुसार उक्त क्लिनिकमा कार्यरत अनमी सुत्केरी बिदामा गएको डेढ वर्ष भइसकेको छ । उनको स्थानमा अर्को कर्मचारी नखटाउँदा बालबालिको खोप र गर्भवती जाँचमा निकै समस्या हुने गरेको छ । “ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट दुई घण्टा पैदल आएर खोप सेवा दिनुपरेको छ, पालिकाले अर्को कर्मचारी खटाएको छैन,” उनले भने, “पालिकामा धेरै पटक आग्रह गरेका छौँ अब पठाउनु हुन्छ होला ।” उहाँका अनुसार दैनिक २५/३० जना सेवाग्राही आउने गरेका छन् । यहाँका स्थानीयले घर नजिकै बर्थिङ सेन्टर स्थापना गरेर सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी हुन पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।

सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै रहेको यो बस्तीमा विकासका आधारभूत सुविधाबाट वञ्चित छ ।  यसक्षेत्र सम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।