नेभिगेशन
सबै कुरा

मंसिर ७ : के हुँदै छ आज, प्रसाईँको आन्दोलनमा कति आउँछन् मान्छे ?

काठमाडौँ । आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्दैछन् ।

 युवा संघले तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्दै छन् ।

Dish Home
Global Ime Bank

प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ । जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् ।

काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । उपत्यका प्रहरी कार्यालयले डीआइजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ ।

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने जनाएको छ ।

दुर्गा प्रसाईँको कार्यक्रममा बल्खु जाने रुट

गणतन्त्रको विरोधी अभियन्ता दुर्गा प्रसाईँको बिहीबार हुने कार्यक्रमको रुट सार्वजनिक गरिएको छ ।

जसमा पूर्वबाट साँगाबाट प्रवेश गरी कोटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट रहेको छ ।

कति होलान् सहभागी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आजको प्रदर्शनमा सुरुमा ५ लाख समर्थक भेला गर्ने भने पनि २ लाखसम्म हुन सक्ने जनता बचाऊ अभियानका नेताहरुले आकलन गरेका छन् ।

उनिहरुले २ लाख देखि ५ लाखसम्म भने पनि राष्ट्रिय सुरक्षा परिषदले भने प्रसाईंको शक्ति प्रदर्शनमा २० हजार आसपास मान्छे जम्मा हुने अनुमान गरेका छन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग गरी सबै सुरक्षा संयन्त्रबाट प्राप्त सूचना र विश्लेषणका आधारमा १६ हजार देखि २० हजारसम्म सहभागी हुने परिषदले निष्कर्ष निकालेको हो।

सुरक्षा परिषद्मा सुरक्षा निकायले बुझाएको प्रतिवेदन अनुसार प्रसाईँको आन्दोलनमा सहभागी हुन कोशी प्रदेशबाट ७ हजार, मधेस प्रदेशबाट ६ हजार, बागमती प्रदेशबाट ७ हजार, गण्डकी प्रदेशबाट ३ हजार आउन सक्ने आकलन सुरक्षा परिषदले गरेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट १ हजारको हाराहारी आउन सक्ने विश्लेषण गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख...
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
अहिले अर्थविनाको युवा–युवा भनेर उचाल्ने प्रवृत्ति छ, जहाँ पनि युवा मात्रै भनेर हुँदैनः प्रधानमन्त्री

अहिले अर्थविनाको युवा–युवा भनेर उचाल्ने प्रवृत्ति छ, जहाँ पनि युवा मात्रै भनेर हुँदैनः प्रधानमन्त्री

“अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । दक्षता,...

भर्खरै