नेभिगेशन
सबै कुरा

मंसिर ७ : के हुँदै छ आज, प्रसाईँको आन्दोलनमा कति आउँछन् मान्छे ?

काठमाडौँ । आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्दैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 युवा संघले तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्दै छन् ।

Ncell
Extreme Energy

प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ । जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् ।

काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । उपत्यका प्रहरी कार्यालयले डीआइजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ ।

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने जनाएको छ ।

दुर्गा प्रसाईँको कार्यक्रममा बल्खु जाने रुट

गणतन्त्रको विरोधी अभियन्ता दुर्गा प्रसाईँको बिहीबार हुने कार्यक्रमको रुट सार्वजनिक गरिएको छ ।

जसमा पूर्वबाट साँगाबाट प्रवेश गरी कोटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट रहेको छ ।

कति होलान् सहभागी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आजको प्रदर्शनमा सुरुमा ५ लाख समर्थक भेला गर्ने भने पनि २ लाखसम्म हुन सक्ने जनता बचाऊ अभियानका नेताहरुले आकलन गरेका छन् ।

उनिहरुले २ लाख देखि ५ लाखसम्म भने पनि राष्ट्रिय सुरक्षा परिषदले भने प्रसाईंको शक्ति प्रदर्शनमा २० हजार आसपास मान्छे जम्मा हुने अनुमान गरेका छन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग गरी सबै सुरक्षा संयन्त्रबाट प्राप्त सूचना र विश्लेषणका आधारमा १६ हजार देखि २० हजारसम्म सहभागी हुने परिषदले निष्कर्ष निकालेको हो।

सुरक्षा परिषद्मा सुरक्षा निकायले बुझाएको प्रतिवेदन अनुसार प्रसाईँको आन्दोलनमा सहभागी हुन कोशी प्रदेशबाट ७ हजार, मधेस प्रदेशबाट ६ हजार, बागमती प्रदेशबाट ७ हजार, गण्डकी प्रदेशबाट ३ हजार आउन सक्ने आकलन सुरक्षा परिषदले गरेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट १ हजारको हाराहारी आउन सक्ने विश्लेषण गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिए । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा...
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।

भर्खरै