नेभिगेशन
मुख्य समाचार

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

काठमाडौँ । ९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनकपुर उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा ‘संघर्षका लागि एकता–समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष’ भन्ने नारासहित मोर्चाको राजनीतिक कार्यदिशा, संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ।

Ncell
Extreme Energy

मोर्चाको मधेश प्रदेशस्तरीय बैठकले संगठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरेअनुसार जनकपुरमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता–कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा उपेन्द्र यादव, डा. सीके राउत, प्रभु साह, जनार्दन शर्मा, रेशम चौधरीलगायत मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने तयारी रहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।

देशव्यापी रूपमा जनसभा गर्दै तल्लो तहसम्म आफ्ना एजेन्डा लैजाने मोर्चाको पूर्वघोषित रणनीतिअनुसार मधेश प्रदेशमा यो अभिमुखीकरण कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

जनकपुरको भेलालाई मोर्चाले मधेश प्रदेशमा संगठन विस्तार, कार्यकर्ता परिचालन र आफ्ना घोषित राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउने अभियानको महत्वपूर्ण चरणका रूपमा अघि बढाएको छ। पाँच जिल्लाका कार्यकर्ताको सहभागितामा हुने छलफलबाट प्रदेशमा मोर्चाको आगामी सांगठनिक तथा राजनीतिक गतिविधिको दिशा तय हुने अपेक्षा गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल अहिले अग्रगामी मोर्चामा आबद्ध छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।