नेभिगेशन
मुख्य समाचार

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

काठमाडौँ । ९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनकपुर उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा ‘संघर्षका लागि एकता–समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष’ भन्ने नारासहित मोर्चाको राजनीतिक कार्यदिशा, संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ।

Ncell
Extreme Energy

मोर्चाको मधेश प्रदेशस्तरीय बैठकले संगठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरेअनुसार जनकपुरमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता–कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा उपेन्द्र यादव, डा. सीके राउत, प्रभु साह, जनार्दन शर्मा, रेशम चौधरीलगायत मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने तयारी रहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।

देशव्यापी रूपमा जनसभा गर्दै तल्लो तहसम्म आफ्ना एजेन्डा लैजाने मोर्चाको पूर्वघोषित रणनीतिअनुसार मधेश प्रदेशमा यो अभिमुखीकरण कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

जनकपुरको भेलालाई मोर्चाले मधेश प्रदेशमा संगठन विस्तार, कार्यकर्ता परिचालन र आफ्ना घोषित राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउने अभियानको महत्वपूर्ण चरणका रूपमा अघि बढाएको छ। पाँच जिल्लाका कार्यकर्ताको सहभागितामा हुने छलफलबाट प्रदेशमा मोर्चाको आगामी सांगठनिक तथा राजनीतिक गतिविधिको दिशा तय हुने अपेक्षा गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल गरी नौ राजनीतिक दल अहिले अग्रगामी मोर्चामा आबद्ध छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कार्यदल बैठकमा बादलमाथि केरकार, विष्णु पौडेलले भने- पहिले एमाले बन्नूस्

कार्यदल बैठकमा बादलमाथि केरकार, विष्णु पौडेलले भने- पहिले एमाले बन्नूस्

नेकपा एमाले पुुनर्गठन कार्यदल बैठकमा छुट्टै प्रतिवेदन बोकेर पुगेपछि सदस्यहरूले संयोजक रामबहादुुर थापा ‘बादल’माथि केरकार गरेका छन् ।
एमाले कार्यदलले आजदेखि आवासीय रूपमा छलफल गर्ने

एमाले कार्यदलले आजदेखि आवासीय रूपमा छलफल गर्ने

नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले आज (शनिबार) देखि आवासीय रूपमा बसेर थप छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा...
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ ।
धादिङको परेवाटार–मास्टार सडक किन बनाइयो एकतर्फी?

धादिङको परेवाटार–मास्टार सडक किन बनाइयो एकतर्फी?

भोटेकोशी बाढीले  फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।