नेभिगेशन
समाज

कार्यदल बैठकमा बादलमाथि केरकार, विष्णु पौडेलले भने- पहिले एमाले बन्नूस्

काठमाडौं । नेकपा एमाले पुुनर्गठन कार्यदल बैठकमा छुट्टै प्रतिवेदन बोकेर पुगेपछि सदस्यहरूले संयोजक रामबहादुुर थापा ‘बादल’माथि केरकार गरेका छन् । दुई महिनापछि बसेको बैठकमा उपाध्यक्षसमेत रहेका बादलले ‘एउटा मेरो तर्फबाट, अर्को महासचिव शंकर पोखरेलको तर्फबाट’ भन्दै अलगअलग प्रतिवेदन प्रस्तुत गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत असार २४ गते बसेको बैठकले कार्यदलको संयोजक बादल र महासचिव पोखरेललाई तलबाट आएका सुझाव संश्लेषण गरेर प्रतिवेदनको रूप दिने जिम्मा दिएको थियो । बादलले महासचिवलाई प्रतिवेदन लेख्न भनेका थिए ।

Ncell
Extreme Energy

त्यसअनुसार महासचिवले प्रतिवेदन तयार पारेर बादललाई बुझाएका थिए ।

तर उपाध्यक्ष बादलले महासचिवको प्रतिवेदनलाई बुँदागत रूपमा खण्डन गर्दै खारेज गर्छु भन्दै अर्को दस्तावेज लगेपछि पोखरेलले प्रतिवाद गरेको एक सदस्यले बताए ।

‘कार्यदलका संयोजकले प्रतिवेदनको सार खिच्दै अहिले पुनर्गठनको विषय उठाउनु पार्टी आन्दोलनलाई विग्रहको दिशामा लैजानु हो, प्रकारान्तरले पार्टी फुटाउनु हो भन्नुभयो। यसकारण महासचिवको प्रतिवेदन खारेज गर्छु भनेपछि महासचिवले त्यसको कडा प्रतिवाद गर्नुभयो,’ एक नेताले भने ।

ती नेताका अनुसार महासचिव पोखरेलले १३ वटा समूहबाट आएको ८०० पृष्ठ लामो सुझावका आधारमा प्रतिवेदन तयार पारेको बताएका थिए ।

‘सबै प्रदेशमा तपाईं जानुभएको छ। तलका सुझाव सुन्नुभएको छ। यो मेरो प्रतिवेदन हो त? यो महासचिवको मात्रै प्रतिवेदन हो? मैले त तलबाट आएका सुझावका आधारमा तयार पारेको हुँ,’ महासचिवले भनेका थिए, ‘कार्यकर्ताको कुरा सुन्नुहुन्न, तलका धारणा बुझ्नुहुन्न भने तपाईं कसरी नेता हुनुभयो?’

महासचिवले बैठकमा राखेका कुरालाई सचिव खगराज अधिकारीले दृढ समर्थन गरेका थिए। कार्यदल संयोजकले नै महासचिवलाई प्रतिवेदन लेख्न भनेकाले उनले ल्याएको दस्तावेज नै अन्तिम भएको अधिकारीले बताएका थिए।

‘अर्को प्रतिवेदन ल्याउने, अर्को प्रतिवेदन तयार पार्ने, फेरि समिति खडा गर्ने कुरा आउँदैन, महासचिवले जे ल्याउनुभएको छ, त्यसमै छलफल हुन्छ, आधिकारिक त्यही हो,’ अधिकारीले भनेका थिए।

उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ पनि बादलमाथि खनिएका थिए।

गुरूङले त उपाध्यक्ष बादलले ल्याएको प्रतिवेदनलाई निजी कुण्ठाको संज्ञा दिएका थिए ।

‘तपाईंको निजी कुरा हो यो। व्यक्तिगत कुरा हो। कुण्ठा हो,’ गुरूङले भनेका थिए,‘बैठकमा प्रतिवेदनका नाममा कुण्ठा ल्याउन पाइँदैन। लेख्न त मलाई पनि केके मन छ, आफ्ना कुण्ठा बोकेर म पनि आऊँ?’

बैठकमा उपाध्यक्ष विष्णु पौडेल झनै कठोर सुनिएका थिए। उनले बादललाई पहिले एमाले बन्न नै सुझाएका थिए।

‘पहिला एमाले पढ्नूस्। एमालेबारे बुझ्नूस्। एमालेको कार्यशैली, चिन्तनधारा सिक्नू,’ उनले भनेका थिए।
पार्टीभित्रको छलफललाई फगत सैद्धान्तिकरण नगर्न दुई लाइन संघर्ष भन्ने जस्ता अभिव्यक्ति नदिन पनि उनले ध्यानाकर्षण गरेका थिए। 

‘तपाईंका अभिव्यक्ति एमालेजस्तो सुनिएको छैन। तपाईंको भूमिकाले पार्टी बलियो बनाइरहेको छैन, त्यसकारण पहिला तपाईंले एमाले बुझन्, बन्न, पढ्न जरूरी छ,’ पौडेलले भनेका थिए।

सचिव राजन भट्टराईले पनि बादलको कार्यशैली, प्रस्तुतिको आलोचना गरेका थिए। उनले महासचिवको प्रतिवेदन नभई बादलकै प्रतिवेदन खारेज गर्नुपर्ने धारणा राखेका थिए।

‘संयोजकको रूपमा तपाईंको भूमिका भएन। पार्टीभित्र विग्रह ल्याउन थाल्नुभयो, चुङवाङ बैठकको निष्कर्षजस्तो ल्याउनुभयो,’ उनले भनेका थिए,’ महासचिवको होइन, तपाईंले ल्याएको कागज खारेज गर्नुपर्छ।’

बैठकमा सदस्यहरू बादलमाथि खनिन थालेपछि शेरधन राईले नयाँ विकल्प अघि सारेका थिए।

उनले दुवै प्रतिवेदनको सट्टा नयाँ प्रतिवेदन तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए

‘छुट्टै प्रतिवेदन तयार पार्न पाँच जनाको कार्यदल बनाऊँ। त्यसले प्रतिवेदन तयार पार्छ, अनि छलफल गरौंला,’ उनले भनेका थिए।

सचिव महेश बस्नेतले पुनर्गठनको नाममा अध्यक्ष केपी शर्मा ओली हटाउन लागेको सन्देश बाहिर गएको बताएका थिए।

‘नेतृत्व हटाउन लागेको सन्देश बाहिर गएको छ,’ बस्नेतले भनेका थिए, ‘यस्तो सन्देश जान दिन भएन।

बादलमाथि सघन रूपमा केरकार भएपछि शुक्रबार बसेको बैठकले दुवै प्रतिवेदन समेटेर एउटा प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ। आज (शनिबार)देखि आवासीय रूपमा बसेर त्यसलाई अन्तिम रूप दिने कार्यदलको तयारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

अक्षर काका सिधाकुराका सम्पादक हुन् । उनी राजनीति, समाज, जलवायु, विपद् लगायत मुद्दामा कलम चलाउँछन् ।

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।
एमाले कार्यदलले आजदेखि आवासीय रूपमा छलफल गर्ने

एमाले कार्यदलले आजदेखि आवासीय रूपमा छलफल गर्ने

नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले आज (शनिबार) देखि आवासीय रूपमा बसेर थप छलफल गर्ने भएको छ। कार्यदलले छलफलपछि एउटै प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा...
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ ।
धादिङको परेवाटार–मास्टार सडक किन बनाइयो एकतर्फी?

धादिङको परेवाटार–मास्टार सडक किन बनाइयो एकतर्फी?

भोटेकोशी बाढीले  फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारीसाधन सञ्चालनको प्रबन्ध भएको छ ।