नेभिगेशन
सबै कुरा

'सूर्य नेपाल' बन्यो सबैभन्दा बढी कर तिर्ने संस्था

काठमाडौँ  । आर्थिक वर्ष २०७९÷०८० मा सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने संस्था बनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्तरिक राजस्व विभागले  आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्कसाथै नियमित करदाता दुई विधामा सूर्य नेपाल प्रालिलाई उत्कृष्ट करदाताका रुपमा सम्मान समेत गरेको छ ।

Ncell
Extreme Energy

व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा विजयकुमार शाह छन् ।  राष्ट्रिय कर दिवस–२०८० का अवसरमा  आन्तरिक राजस्व विभागले सूर्य नेपाल सहित  १६ जना करदातालाई सम्मान गरेको छ । बिहीबार विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले सम्मान गरेका हुन् । 

बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी, नियार्त कारोबारमार्फत कर दाखिला गर्नेमा डाबर नेपाल र विशेष उद्योगमा एसियन पेन्ट्सलाई सम्मान गरिएको छ ।

कृषि र पशु क्षेत्रमा ओबिस फुड्स एन्ड फिड, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन र स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज छन् । त्यसैगरी पर्यटनमा मनकामना दर्शन,र र वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट छन् ।

मध्यमस्तरका करदाताअन्तर्गत (५० करोडदेखि १ अर्ब) नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोशी पावर प्रालि र रेमिट्यान्समा आईएमई रहेका छन् । आन्तरिक राजस्व विभागले २०६९ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रका ठूला करदातालाई सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।...
इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक...
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...