नेभिगेशन
सबै कुरा

'सूर्य नेपाल' बन्यो सबैभन्दा बढी कर तिर्ने संस्था

काठमाडौँ  । आर्थिक वर्ष २०७९÷०८० मा सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने संस्था बनेको छ । 

आन्तरिक राजस्व विभागले  आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्कसाथै नियमित करदाता दुई विधामा सूर्य नेपाल प्रालिलाई उत्कृष्ट करदाताका रुपमा सम्मान समेत गरेको छ ।

व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा विजयकुमार शाह छन् ।  राष्ट्रिय कर दिवस–२०८० का अवसरमा  आन्तरिक राजस्व विभागले सूर्य नेपाल सहित  १६ जना करदातालाई सम्मान गरेको छ । बिहीबार विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले सम्मान गरेका हुन् । 

बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी, नियार्त कारोबारमार्फत कर दाखिला गर्नेमा डाबर नेपाल र विशेष उद्योगमा एसियन पेन्ट्सलाई सम्मान गरिएको छ ।

कृषि र पशु क्षेत्रमा ओबिस फुड्स एन्ड फिड, सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक, बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन र स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज छन् । त्यसैगरी पर्यटनमा मनकामना दर्शन,र र वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट छन् ।

मध्यमस्तरका करदाताअन्तर्गत (५० करोडदेखि १ अर्ब) नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोशी पावर प्रालि र रेमिट्यान्समा आईएमई रहेका छन् । आन्तरिक राजस्व विभागले २०६९ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रका ठूला करदातालाई सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

यी ४ उद्योगले तिरे डेडिकेटेड तथा ट्रङ्क लाइनको पहिलो किस्ता

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार...
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
डेडिकेटेड र ट्रङ्कलाइन विवादः एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव

डेडिकेटेड र ट्रङ्कलाइन विवादः एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव

उक्त विवादबारे आज प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू र नेपाल उद्योग...
देश अन्धकारमा डुबेको बेला उद्योगहरूले डेडिकेटेड लाइन पाए, तर महसुल तिरेनन्ः कुलमान घिसिङ

देश अन्धकारमा डुबेको बेला उद्योगहरूले डेडिकेटेड लाइन पाए, तर महसुल तिरेनन्ः कुलमान घिसिङ

पहिले  चार पटकसम्म बक्यौता असुली गर्ने प्रयास हुँदा पनि राजनीतिक तहबाट अवरोध र हस्तक्षेप एको उनले प्रस्ट्याएका छन् । साथै उनले २०८१ साल चैत ११ गते कार्यकारी निर्देशकको...