नेभिगेशन
कर्पाोरेट

इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ करोड ५० लाख (करिब ५ लाख अमेरिकी डलर) योगदान गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त सहयोग रकम सेप्टेम्बर ९, २०२६ मा इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

Marvel
Extreme Energy

अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ । विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ । बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी रहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजीसमेत निरन्तर भइरहेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पु¥याएको छ । यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न–९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ ।

प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो । विपद्पछिको कठिन परिस्थितिमा दैनिक जीवन सञ्चालनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउँदै प्रभावित परिवारलाई तत्काल राहत पु¥याउनु यस पहलको मुख्य उद्देश्य रहेको थियो ।

इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टोम्स्कीले भने, “नेपालमा आएको विनाशकारी बाढीले धेरै परिवार र समुदायलाई गम्भीर क्षति र कठिन परिस्थितिको सामना गर्न बाध्य बनाएको छ । आफ्ना प्रियजन, घर वा जीविकोपार्जनको आधार गुमाउनुभएका सबैप्रति हामी गहिरो संवेदना व्यक्त गर्दछौँ । नेपाल–इनड्राइभ समुदायको महत्वपूर्ण हिस्सा हो र यस्तो कठिन समयमा हामी नेपाली जनताको साथमा उभिन चाहन्छौँ । हाम्रो यो सहयोगले तत्काल सहायता आवश्यक रहेका प्रभावित परिवारसम्म आवश्यक सहयोग पु¥याउन तथा प्रभावित समुदायको पुनस्र्थापना र पुनर्निर्माणका प्रयासमा केही योगदान पु¥याउने विश्वास लिएका छौँ ।”

इनड्राइभले भोटेकोशी विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, अझै बेपत्ता आफन्तको खबरको प्रतीक्षामा रहेका परिवार तथा विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन समयमा उनीहरूसँगै रहेको जनाएको छ ।

यस सहयोगमार्फत इनड्राइभले तत्काल राहतमा मात्र नभई प्रभावित समुदायलाई सामान्य जनजीवनतर्फ फर्कन सहयोग पुग्ने पुनस्र्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत योगदान पु¥याउने उद्देश्य राखेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
म्याक्स टाइगरको दशैं धमाकामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ विजेता घोषणा हुन बाँकी

म्याक्स टाइगरको दशैं धमाकामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अझै २८ विजेता घोषणा हुन बाँकी

कम्पनीका अनुसार अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्...
एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

एनपीएलमा ‘म्यान अफ द म्याच’ बन्ने खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने

आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै...
क्रिकेट हेर्न ९ शहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

क्रिकेट हेर्न ९ शहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

कम्पनीका अनुसार कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने फ्यान जोनमा ठूला एलईडी स्क्रिनमार्फत एनपीएलका खेल प्रत्यक्ष प्रसारण गरिनेछ। फ्यान जोनमा प्रवेश निःशुल्क हुनेछ।
एनपीएलको तेस्रो संस्करणअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रिम एन्थम’

एनपीएलको तेस्रो संस्करणअघि एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सार्वजनिक गर्‍यो ‘एक्स्ट्रिम एन्थम’

कम्पनीका अनुसार मैदानमा खेलाडीले गर्ने संघर्ष, प्रत्येक बलमा समर्थकले व्यक्त गर्ने उत्साह र आफ्नो टोलीको जितमा देखिने गर्वलाई समेटेर एन्थम निर्माण गरिएको हो। यसले क्रिकेटको रोमाञ्चलाई संगीतसँग जोड्दै...