नेभिगेशन
समाज

अध्यक्ष पदमा बसिरहने इच्छा छैन्ः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रीय समिति बैठकमा राजनितिक एंव संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले आफुलाई अध्यक्ष पदमा बसिरहने इच्छा नरहेको तर बैज्ञानिक प्रणाली अन्तर्गत नेतृत्वको बिषयलाई तार्किक निष्कर्षमा पुराउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Ncell
Extreme Energy

त्यसैगरि पार्टी एकता र ध्रुविकरणका बिषयमा बिचार मिल्नेसंग पार्टी एकता गर्ने र समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्नका लागि सघन छलफल भइरहेको प्रचण्डले बताए । घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि प्रभावकारी भूमिका खेल्ने र विशेष महाधिवेशनका साथै निर्वाचनमा टिकट बितरण गर्दा युवाहरुको प्रतिनिधित्व अधिकतम सहभागीता गराउने बिषयमा प्रचण्डले जोड दिनुभएको प्रवक्ता सापकोटाले बताए ।

त्यस्तै प्रचण्डले हालको केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने र त्यसको संयोजक आफै हुने प्रस्ताव राखेको पनि उनले  बताए । बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले केहि बिषयमा फरक बिचार राखेको प्रवक्ता सापकोटाले जानकारी दिएका हुन ।

प्रचण्डको प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भइरहेको र शुक्रबार समूहगत निष्कर्ष प्रस्तुत गरिने सापकोटाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै