नेभिगेशन
मुख्य समाचार

अध्यक्ष पदमा बसिरहने इच्छा छैन्ः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने बताएका छन् ।

बिहीबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रीय समिति बैठकमा राजनितिक एंव संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले आफुलाई अध्यक्ष पदमा बसिरहने इच्छा नरहेको तर बैज्ञानिक प्रणाली अन्तर्गत नेतृत्वको बिषयलाई तार्किक निष्कर्षमा पुराउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

त्यसैगरि पार्टी एकता र ध्रुविकरणका बिषयमा बिचार मिल्नेसंग पार्टी एकता गर्ने र समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्नका लागि सघन छलफल भइरहेको प्रचण्डले बताए । घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि प्रभावकारी भूमिका खेल्ने र विशेष महाधिवेशनका साथै निर्वाचनमा टिकट बितरण गर्दा युवाहरुको प्रतिनिधित्व अधिकतम सहभागीता गराउने बिषयमा प्रचण्डले जोड दिनुभएको प्रवक्ता सापकोटाले बताए ।

त्यस्तै प्रचण्डले हालको केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने र त्यसको संयोजक आफै हुने प्रस्ताव राखेको पनि उनले  बताए । बैठकमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले केहि बिषयमा फरक बिचार राखेको प्रवक्ता सापकोटाले जानकारी दिएका हुन ।

प्रचण्डको प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भइरहेको र शुक्रबार समूहगत निष्कर्ष प्रस्तुत गरिने सापकोटाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...
निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका...