नेभिगेशन
मुख्य समाचार

निर्वाचनको मिति तय भएसंगै मतदाता नामावली सङ्कलन सुरु

काठमाडौँ । आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएसंगै यस अघि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य आयोगको निर्णय अनुसार मिति
२०८२ कार्तिक ३० गतेसम्म पुनः सञ्चालन हुने भएको छ ।

यस कार्यक्रम अन्तर्गत यस पूर्व मतदाता नामावलीमा नाम दर्ता नभएका १६ वर्ष उमेर पूरा भै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकहरूले सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि वेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा दर्ता गर्न सकिने गरी व्यवस्था गरिएको राष्ट्रिय निर्वाचन आयोगले बिहीबार एक सुचना जारिगर्दै जानकारी दिएको हो ।

त्यस्तै, मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रममा कानून बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्थाका अतिरिक्त विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने समेत व्यवस्था मिलाइएको हुँदा मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेका १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकलाई नाम दर्ता एवं विवरण अद्यावधिक गरी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो नागरिक अधिकार प्रयोग गर्न निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।Screenshot-(66)-1758802853.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...
निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका...