नेभिगेशन
मुख्य समाचार

विदेशमा रहेका नेपालीलाई मतदान गराउने उपायको खोजी भइरहेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छिन् । 

गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो । 

सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् । उनले सम्बोधनअघि विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको थियो । 

तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो । 
    
उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिइन् । उनले उत्साहका साथ निर्वाचनमा भाग लिइ युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन् । प्रधानमन्त्री कार्कीको सम्बोधन जारी रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

चार सय २७ जना बालबालिकाको निःशुल्क मुटु परीक्षण

पल्मोनरी हाइपरटेन्सन एशोसियन नेपालद्वारा आयोजित कार्यक्रममा ४२७ बालबालिकाको मुटु परीक्षण गरिएको सो संस्थाका अध्यक्ष सम्झना खनाल गड्तौलाले जानकारी दिए ।
मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

मतदाता नामावली दर्ताको म्याद थप गर्न प्रधानमन्त्रीको आग्रह, ५ दिन थप हुन सक्ने

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...
निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका...