नेभिगेशन
मुख्य समाचार

काठमाडौं म्याराथनको मिति सार्वजनिक, दुई सय बढी विदेशी धावकले सहभागिता जनाउने अपेक्षा

काठमाडौँ । १७ औं संस्करणको काठमाडौं म्याराथन आगामी कार्तिक १५ गते हुने भएको छ । 

आयोजक एनआरएस स्पोट्र्स फाउण्डेसनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ औं संस्करणको काठमाडौं म्याराथनको मिति सार्वजनकि गरेको हो । काठमाडौं म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने म्याराथन बिभिन्न स्थानको परिक्रमा गर्दै पुनः दशरथ रंगशालामा नै पुगेर समापन हुने आयोजकले जनाएको छ ।

म्याराथन अन्तर्गतको बिभिन्न विधामा करिव ५ हजार धावकहरुले प्रतिष्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका छन् । उनले नेपालको खेल क्षेत्रलाई विश्वमाझ चिनाउनका लागि निरन्तर रुपमा म्याराथनको आयोजना गरिएको बताउनुभयो ।

उनले यस पटक पनि करिव दुई सयको संख्यामा विदेशी धावक सहभागी हुने उल्लेख गरेका छन् । कार्यक्रममा १७ औं संस्करणको काठमाडौं म्याराथनको मुख्य प्रायोजनका लागि सिद्धार्थ बैँकसंग सम्झौता गरिएको थियो ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

२ हप्तामा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र...
निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेसका २५ केन्द्रीय सदस्यको माग

शुक्रबार उनीहरुले पार्टी कार्यालय सानेमा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लगायतका विभिन्न माग राखेर ज्ञापनपत्रमा बुझाएका...
रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

रास्वपा नेता सन्तोष परियारले छोडे पार्टी

पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाएको जानकारी पाएको रास्वपाका एक नेताले बताए ।
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...