नेभिगेशन
मुख्य समाचार

सिधाकुरा र यसका सम्पादकमाथिको धम्की दुखद र खेदजनकः नाफिज

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले समाचार प्रकाशन तथा प्रसारणको विषयमा सिधाकुरा र यसका सम्पादकलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति खेद प्रकट गरेको छ ।

बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै नाफिजले समाचारमा चित्त नबुझे खण्डन तथा उजुरीको विधि रहेको स्मरण गराउँदै सञ्चार माध्यम र पत्रकारमाथि ज्यान मार्ने धम्की दुःखद र खेदजनक भएको नाफिजले भनेको छ ।

CG

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का निवर्तमान महासचिव तथा सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगानामाथि समाचार लेखेकै भरमा अपरिचित व्यक्तिहरुमार्फत ज्यान मार्ने र कार्यालयमा आगो लगाउन धम्की दिएकोप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ नाफिजका महासचिव निकेश खत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन तथा उजुरी गर्ने विधि विपरित पत्रकारमाथि जाई लाग्नु अत्यन्तै दुःखद र खेदजनक कार्य हो ।

नाफिज यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्नुका साथै स्वतन्त्र प्रेसको अधिकार सुरक्षित गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।

आर्थिक पत्रकारहरूको छाता संस्था नाफिजले उक्त घटनाप्रति यथाशक्य छिटो सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि सरकारसँग माग गरेको छ । 

जेन्जी आन्दोलनका दौरान आगलागी र तोडफोड गरिएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठ स्थित निवासमा जलेको अवस्थामा भेटिएका नेपाली रुपैयाँ तथा अमेरिकी डलरसँग सम्बन्धित दुईवटा समाचार सिधा कुराले प्रकाशित गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...