नेभिगेशन
समाज

सिधाकुरा र यसका सम्पादकमाथिको धम्की दुखद र खेदजनकः नाफिज

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले समाचार प्रकाशन तथा प्रसारणको विषयमा सिधाकुरा र यसका सम्पादकलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति खेद प्रकट गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै नाफिजले समाचारमा चित्त नबुझे खण्डन तथा उजुरीको विधि रहेको स्मरण गराउँदै सञ्चार माध्यम र पत्रकारमाथि ज्यान मार्ने धम्की दुःखद र खेदजनक भएको नाफिजले भनेको छ ।

Ncell
Extreme Energy

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का निवर्तमान महासचिव तथा सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगानामाथि समाचार लेखेकै भरमा अपरिचित व्यक्तिहरुमार्फत ज्यान मार्ने र कार्यालयमा आगो लगाउन धम्की दिएकोप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ नाफिजका महासचिव निकेश खत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रकाशित समाचारप्रति चित्त नबुझेमा खण्डन तथा उजुरी गर्ने विधि विपरित पत्रकारमाथि जाई लाग्नु अत्यन्तै दुःखद र खेदजनक कार्य हो ।

नाफिज यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्नुका साथै स्वतन्त्र प्रेसको अधिकार सुरक्षित गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।

आर्थिक पत्रकारहरूको छाता संस्था नाफिजले उक्त घटनाप्रति यथाशक्य छिटो सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि सरकारसँग माग गरेको छ । 

जेन्जी आन्दोलनका दौरान आगलागी र तोडफोड गरिएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठ स्थित निवासमा जलेको अवस्थामा भेटिएका नेपाली रुपैयाँ तथा अमेरिकी डलरसँग सम्बन्धित दुईवटा समाचार सिधा कुराले प्रकाशित गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै