नेभिगेशन
मुख्य समाचार

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन् ।

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् ।

यस्तै, एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्नुपर्नेछ । परिषद्को कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकको गुनासो सुन्ने र प्राप्त गुनासोको अभिलेखीकरण÷सम्बोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउनुपर्नेछ । 

त्यसैगरी, २०६९ सालदेखि हालसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदन छानबिन गरी असोज मसान्तभित्र रिपोर्ट पेस गर्ने र सम्बन्धन दिने÷नदिने निर्णय तुरुन्त गर्नुपर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
देशलाई कमजोर पार्ने खेल चलिरहेका छन्ः प्रचण्ड

देशलाई कमजोर पार्ने खेल चलिरहेका छन्ः प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी कार्यालय पेरिसडाडामा आयोजित जेनजीसंग नेकपा बिषयक अन्तरसम्वाद कार्यक्रममा प्रचण्डले राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्ने खेलहरु चलिरहेको भन्दै राष्ट्र पहिलो भन्न भावनाका साथ सवै...
कांग्रेसमा अव विषेश महाधिवेशन निर्विकल्प होः गगन थापा

कांग्रेसमा अव विषेश महाधिवेशन निर्विकल्प होः गगन थापा

महामन्त्री थापाले पुस मसान्तभित्रमा आवधिक अधिवेशन पनि नगर्ने र विशेष महाधिवेशन पनि गर्दिन भन्न नपाइने जिकिर गरे । उनले आगामी मंसिर ११ गते बस्ने बैठकले पुस भित्र आवधिक...
निर्वाचन हुन्छ भन्ने भ्रम हो, कार्की सरकार असंवैधानिक छः केपी ओली

निर्वाचन हुन्छ भन्ने भ्रम हो, कार्की सरकार असंवैधानिक छः केपी ओली

जेनजीका नाममा आफैले केहि व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको बताए । अध्यक्ष ओलीले बारामा नियोजित रुपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै...
काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि प्रतिगमन बिरुद्ध आज जनप्रदर्शन गरेको छ। सो र्याली भृकुटीमण्डपबाट सुरू भई भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप...