नेभिगेशन
मुख्य समाचार

घाइतेलाई सञ्चारमन्त्रीले भने, ‘अहिलेको प्राथमिकता तपाईँहरुको उपचार हो’

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका घाइतेहरुसँग भेट गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उनीहरुका अभिभावकसँग मन्त्री खरेलले आज भेट गरेका हुन् ।
    
अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै उपचारमा कुनै कसूर बाँकी नराख्न उनले आग्रह गरे । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरुका पक्षमा भविष्यमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको बताए । मन्त्री खरेलले जेनजी प्रदर्शनको जगमा बनेको सरकारले सहिद र घाइतेहरुको मागअनुसार काम गर्ने प्रतिबद्धता जनाए । 
     
“अहिलेको हाम्रो प्राथमिकता घाइते हुनुभएका सबै जना छिटो निको भई घर फर्किनुहोस भन्ने हो । त्यसपछि सहिद र घाइतेका पक्षमा भविष्यमा केके गर्न सकिन्छ, हामी सोच्दैछौँ”, मन्त्री खरेलले भने, “हामी सबै मन्त्रीहरु एकै पटक आएका छैनौँ । फरक फरक समयमा आएर घाइतेहरुको अवस्था बुझिरहेका छौँ । यसो गर्दा घाइतेहरुको पछिल्लो अवस्थाबारे जानकारी लिनसँगै मन्त्रिपरिषद्मा यस विषयमा खबर पुर्याउने हाम्रो उद्देश्य हो ।”

आफूहरुलाई भेट्न अस्पतालको शय्यासम्म आइपुगेका मन्त्री समक्ष घाइतेहरुले सबै जनेजीको योगदानलाई स्मरण गर्दै मागहरुको कार्यान्वयन गर्न सुझाव दिएका छन् । जेनजी प्रदर्शनमा घाइते भएका रवि भण्डारीले जेनजीको बलिदानलाई नबिर्सिन आग्रह गरे ।
    
“आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको योगदानलाई खेर जान नदिन देशलाई निकास दिनुपर्यो”, सिन्धुलीका २९ वर्षीय भण्डारीले मन्त्री खरेलसमक्ष भने, “म परिवारको जेठो छोरो हुँ । मैले पठाओ गरेर परिवारको जिम्मेवारी सम्हाल्दै आएको थिएँ । अहिले म अस्पतालको शय्यामा छु । मेरो भविष्यसँगै परिवारको आर्थिक अवस्था धराशयी भएको छ ।” 
    
सोही अस्पतालमा उपचाररत १८ वर्षीय सुनिल थापाकी आमा कुसुदेवी थापाले घाइतेको पक्षमा सरकारबाट सहयोगको अपेक्षा राखे । “जापान जाने तयारीमा थियो छोरो । अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा छ”, आमा कुसुदेवीले भने, “छोरोलाई हिँड्नसक्ने बनाइदिनुपर्यो । घाइतेहरुका लागि सरकारले केही गर्दिनुपर्यो ।” 
    
जेनजी प्रदर्शनमा घाइते भई अस्पताल पुगेका  दुई हजार ३१६ जनामध्ये उपचार पश्चात दुई हजार २१२ जना घर फर्किसकेका छन् । बाँकी घाइतेहरु विभिन्न १८ अस्पतालमा उपचाररत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार उपचाररत घाइतेहरुको सङ्ख्या ५६ रहेको छ । त्रिवि शिक्षण अस्पतालमा मात्रै हाल सात घाइते उपचाररत छन् ।

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना, देब्रे खुट्टामा चोट

केहि दिन जनकपुरमा आयोजित सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो ।
सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सेटिङको आरोपमा चाबहिल यातायातका प्रमुख सहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

सवारी चालक अनुमतिपत्रका लागि घुस लिएको आरोपमा अख्यितारको टोलीले मंगलबार २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो। यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ वटा मोबाइल...
त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

त्रिशूलीमा भेटिएको बसको उत्खनन कार्य स्थगन

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो । बसको भित्री भागबाट मानव...
कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

कांग्रेसले आफ्नो घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकता दिने

उनका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,”...